प्रधानमन्त्रीको चित्त नदुखोस भनेर वार्तामा आएको हुँ : दुर्गा प्रसाईं
२०८२ माघ ०२ शुक्रवार
- चिठी पठाएर माघ २ गते वार्तामा आइदिनुपर्यो भनेपछि चिठीको सम्मानका लागि मात्र आएको बताए ।
काठमाडौं: मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री जस्तो मान्छेले बोलाएको भएर सम्मानको लागि मात्र आएको बताएका छन् ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका प्रसाईंले सरकारसँगको वार्ता भंग भएपनि प्रधानमन्त्रीले चिठी पठाएर माघ २ गते वार्तामा आइदिनुपर्यो भनेपछि चिठीको सम्मानका लागि मात्र आएको बताए ।
उनले भने, ‘मैंले वार्ता भंग गरेको हुँ । सरकारसँग कुनै वैधानिकता छैन्, भएपनि वार्ता भंग गरें । त्यसपछि फेरि चिठी पठाउनु भएको थियो । माघ २ गते वार्तामा आइदिनु भन्नुभएको थियो । जे भएपनि महिला प्रधानमन्त्री जस्तो मान्छेले बोलाएको किन चित्त दुखाई दिनु भनेर म वार्ताको लागि आएको मात्र हो ।’
सरकारसँग कुनै वैधानिकता नभएको कारण वार्ता भंग गरेको पनि उनको भनाई छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’