बुद्ध एयर दुर्घटना: प्राधिकरणका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली भद्रपुर पुग्यो
२०८२ पुष १९ शनिवार
- प्राधिकरणका महानिर्देशक देव चन्द्र लाल कर्णको नेतृत्वमा प्राधिकरण, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधिहरूसहित बुद्ध एयरको प्राविधिक टोली आवश्यक उपकरणहरू लिएर शनिबार बिहान भद्रपुर विमानस्थलमा अवतरण गरेको हो ।
काठमाडौँ : झापाको भद्रपुर विमानस्थलमा शुक्रबार राति रनवेबाट चिप्लिएको बुद्ध एयरको विमान बारे अध्ययन गर्न नागरिक उड्डययन प्राधिकरणका महानिर्देशकको नेतृत्वमा प्राविधिक टोली भद्रपुर विमानस्थलमा पुगेको छ ।
प्राधिकरणका महानिर्देशक देव चन्द्र लाल कर्णको नेतृत्वमा प्राधिकरण, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधिहरूसहित बुद्ध एयरको प्राविधिक टोली आवश्यक उपकरणहरू लिएर शनिबार बिहान भद्रपुर विमानस्थलमा अवतरण गरेको हो ।
यसैबीच बुद्ध एयरले शुक्रबार काठमाडौंबाट भद्रपुरका लागि उडेको जहाज रनवे बाहिर गएको घटनाप्रति गम्भीर रहेको बताउदै दुर्घटनापछि उद्धार कार्यमा तदारुकताका साथ खटिनुहुने नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नागरिक उड्डयन प्राधिकरण तथा बुध्द एयरका कर्मचारीहरूप्रति आभार व्यक्त गरेको छ ।
जहाजमा सवार ५१ यात्रुमध्ये सामान्य घाइते भएका यात्रुहरू प्राथमिक उपचारपछि सकुशल घर फर्किएको बुद्ध एयरले जनाएको छ । विमानमा चालक दलका चार सदस्य पनि थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’