रोशनी झा मृत्यु प्रकरण: दोषीलाई कारवाहीको माग राख्दै धर्ना
१८ मार्ग, २०८२, बिहिवार
- उनीहरु बिहीबार (आज) जनकपुरधामको जनक चोकमा धर्नामा बसेका छन् ।
काठमाडौं: जनकपुरधामकी रोशनी झाको शंकास्पद मृत्यु प्रकरणमा माईती पक्षले दोषीलाई कारवाही गर्न माग गर्दै धर्ना दिएका छन् ।
उनीहरु बिहीबार (आज) जनकपुरधामको जनक चोकमा धर्नामा बसेका छन् ।
रोशनी झाको हत्या भएको दाबी गर्दै धर्नामा बसेका माईती पक्षका नातेदारहरुले रोशनीको हत्यामा संलग्न रहेका थप केही व्यक्तिहरुलाई पक्राउ गर्न माग राखेका छन् । चिकित्सक डा.धिरज झा, र प्रमाण नष्ट गरेका ससुराली पक्षको नातेदार पर्ने सचिन झा र प्रतिक झालाई हिरासतमा लिई छानबीन गर्न माग गर्दै आफूहरु धर्नामा बसेको मृतक रोशनीकी भाउजु सारथी झाले बताईन ।
एक हप्ता अघि बिहीबार राति जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित आफ्नै घरमा २७ वर्षीया रोशनी झा मृत फेला परेकी थिईन । रोशनीको घटनाबारे ससुरा पक्षले ‘आत्महत्या’ भएको दाबी गरेपनि माइती पक्षले भने ‘योजनाबद्ध तरिकाले हत्या गरिएको’ आरोप लगाउँदै आएका छन् । हाल मधेश प्रदेश सरकारको नीति तथा योजना आयोगमा कार्यरत प्रशान्त मिश्रको चार वर्षअघि सामाजिक रीति रिवाजअनुसार रोशनीसँग विवाह भएको थियो ।
माइती पक्षले रोशनीका पति प्रशान्त र ससुरा रुद्रनारायण मिश्रविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् । उजुरी दर्ता भएपछि प्रहरीले गत आइतबार स्थलगत निरिक्षण गर्दै दुवैलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । तर पछि ससुराको संलगता नदेखिएपछि सोही दिन दिउँसोतिर छाडेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बहादुर बमले जनाएका छन् ।
धनुषा प्रहरीले घटनास्थलको पुनः अनुगमन, घरपरिवारका सदस्यको बयान संकलन र उपलब्ध प्रमाणको फरेन्सिक परीक्षणसहित अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।