- ईशनाथ नगरपालिका–४ लतमरी सीमाक्षेत्रबाट मंगलबार साँझ पक्राउ गरिएको रौतहट प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
रौतहट, १७ मङ्सिर । रौतहटबाट नक्कली नेपाली नोट सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरी चौकी मठिया महुलीया र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्टको सयुक्त टोलीले पक्राउ गरेको हो ।
भारत पूर्वी चम्पारण चैनपुर ग्राम पञ्चायत निवासी २३ वर्षीय जय प्रकाश कुमार, रौतहट देवाही गोनाही नगरपालिका–४ निवासी २१ बर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल पक्राउलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
ईशनाथ नगरपालिका–४ लतमरी सीमाक्षेत्रबाट मंगलबार साँझ पक्राउ गरिएको रौतहट प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको वीआर ०५ एटी ०९८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरी टोलीलाई देखेर उनीहरु खेत हुँदै भाग्न लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटका डिएसपी तथा सूचना अधिकारी बिष्णु प्रदिप बस्यालले बताए ।
उनका अनुसार नक्कली नेपाली नोट १,००० दरका ११८ थान, एक थान मोटरसाइकल र तीन थान मोबाइल बरामद गरिएको छ । यस घटनाको विषयमा थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।