१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

२०८२ कार्त्तिक ०३ सोमवार
सारांश
  • कान्छा शेर्पा सगरमाथाको पहिलो सफल आरोहण दलका प्रमुख सदस्य सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पासँगै पर्वतारोहण यात्रामा सहभागी थिए । उनले जीवनका अन्तिम दिनहरू आफ्नो पुख्र्यौली घर नाम्चे बजारमा बिताएका थिए ।

काठमाडौं : सन् १९५३ को ऐतिहासिक सगरमाथा आरोहण दलका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको राजकीय सम्मानसहित आज काठमाडौंमा अन्त्येष्टि गरिएको हो ।

 

कान्छा शेर्पा सगरमाथाको पहिलो सफल आरोहण दलका प्रमुख सदस्य सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पासँगै पर्वतारोहण यात्रामा सहभागी थिए । उनले जीवनका अन्तिम दिनहरू आफ्नो पुख्र्यौली घर नाम्चे बजारमा बिताएका थिए ।

 

नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर ग्याल्जे शेर्पाले भने, “कान्छा शेर्पा विश्वप्रसिद्ध आरोही थिए । उनी सगरमाथाको पहिलो आरोहण दलका अन्तिम जीवित सदस्य थिए । उनी हाम्रो सम्पूर्ण पर्वतारोहण समुदायका लागि मार्गदर्शक थिए । उनकै योगदानले नेपालको पर्वतारोहण र पर्यटन उद्योगले विश्वव्यापी ख्याति प्राप्त ग¥यो ।”

 

सन् १९३२ मा नाम्चे बजारमा जन्मिएका शेर्पा १९ वर्षको उमेरमा कामको खोजीमा घरबाट दार्जिलिङ पुगेका थिए । त्यहाँ उनको भेट तेन्जिङ नोर्गे शेर्पासँग भयो, जसले उनलाई सन् १९५३ को सर एडमण्ड हिलारीको एभरेस्ट अभियानमा सहभागी हुन सहयोग गरे । अभियानमा उनले दैनिक पाँच रुपैयाँ पारिश्रमिक पाउँथे । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार