प्रधानमन्त्री सुशीला कार्कीद्वारा तिहारको शुभकामना सन्देश
२०८२ कार्त्तिक ०३ सोमवार
- यमपञ्चक आरम्भसँगै आउने यी पर्वहरू उज्यालो, आशा र समृद्धिका प्रतीक रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेकी हुन् ।
काठमाडौँ, ३ कार्त्तिक । प्रधानमन्त्री सुशीला कार्कीले दीपावली, म्ह पूजा, नेपाल संवत ११४६, छठ लगायत चाडपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना सन्देश दिएकी छिन् ।
यमपञ्चक आरम्भसँगै आउने यी पर्वहरू उज्यालो, आशा र समृद्धिका प्रतीक रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेकी हुन् ।
शुभकामना सन्देशमार्फत प्रधानमन्त्री कार्कीले चाडपर्वहरूलाई अन्धकारमाथिको उज्यालो, निराशामाथिको आशा र अन्यायमाथिको न्यायको विजयका रूपमा व्याख्या गरेकी छन् । उनले भनिन्, ‘यी पर्वहरूले हामीलाई एकताको सन्देश दिन्छन् र परिवर्तनप्रति जनआकांक्षा अझ बलियो बनाउँछन् ।’
भदौमा भएको जेनजी आन्दोलनले सरकारलाई दिएको जनसमर्थनप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्रीले समावेशी, पारदर्शी र उत्तरदायी शासन प्रणाली निर्माणप्रति प्रतिबद्धता जनाएकी छिन् ।
सन्देशमा उनले आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्ने सरकारको स्पष्ट प्राथमिकता रहेको उल्लेख गरिन् । साथै, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने, आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने र छ महिनाभित्र स्थिर सरकार दिनका लागि वातावरण निर्माणमा सरकार दृढ रहेको बताइन् ।
राजनीतिक संवाद र सुरक्षा व्यवस्थाको सुधार सन्तोषजनक रूपमा अघि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सम्पूर्ण नेपालीहरूलाई कुनै पनि भ्रममा नपरी राष्ट्रिय एकता, शान्ति र समृद्धिका लागि अगाडि बढ्न आह्वान गरेकी छन् । ‘हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ लाग्नुपर्छ,’ सन्देशमा भनिएको छ ।
प्रधानमन्त्री कार्कीले यस चाडपर्वले सबैमा सकारात्मक ऊर्जा र प्रेरणा जगाउने विश्वास व्यक्त गरेकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।