पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु

२०८२ कार्तिक ०१ शनिवार
सारांश
  • पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ ।

काठमाडौँ, १ कार्तिक । पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ ।

 

अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले पक्तिका प्रान्तमा पाकिस्तानी आक्रमणमा तीन खेलाडीको मृत्यु भएको बताएको छ । एसीबीले आक्रमणको निन्दा गर्दै आगामी नोभेम्बरमा हुने पाकिस्तानसँगको त्रिकोणीय टी-२० सिरिज नखेल्ने निर्णय गरेको छ ।

 

तीन खेलाडीको तस्बिर सेयर गर्दै एसीबीले भनेको छ- यी खेलाडीहरूलाई शुक्रबार साँझ पाकिस्तानबाट भएको आक्रमणमा लक्षित गरिएको थियो ।' अफगानिस्तान क्रिकेट बोर्डका अनुसार, आक्रमणमा तीन खेलाडीहरू - कबीर, सिब्घतुल्लाह र हारुनसहित अन्य पाँच जना सर्वसाधारणको मृत्यु भएको छ ।

 

बोर्डले भनेको छ- 'खेलाडीहरूप्रति सम्मान र यस दुखद घटनाको प्रतिक्रियामा, अफगानिस्तान क्रिकेट बोर्डले नोभेम्बरको अन्त्यमा हुने पाकिस्तानसँगको आगामी त्रिकोणीय टी-२० सिरिजबाट फिर्ता लिने निर्णय गरेको छ ।'

 

यस विषयमा पाकिस्तान क्रिकेट बोर्डबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । पाकिस्तान, अफगानिस्तान र श्रीलंकाबीच टी-२० सिरिज खेलिने थियो । खेलहरू नोभेम्बर १७ देखि २९ सम्म लाहोर र रावलपिंडीमा हुने तय भएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार