विपिन जोशी जीवित नरहेको इजरायली सेनाले जानकारी दियो- राजदुत पण्डित
२०८२ असोज २७ सोमवार
- इजरायलको सेनाले विपिनको परिवारसहित आफुलाई उनी जीवित नरहेको जानकारी दिएको बताएका हुन् ।
काठमाडौं: इजरायलले विपिन जोशी जीवित भएको प्रमाण अहिलेसम्म नभेटिएको जानकारी परिवारलाई गराएको छ ।
इजरायलका लागि नेपाली राजदुत धनप्रसाद पण्डितले बिबिसी नेपाली सेवासँग कुरा गर्दै इजरायलको सेनाले विपिनको परिवारसहित आफुलाई उनी जीवित नरहेको जानकारी दिएको बताएका हुन् ।
राजदुत पण्डितले इजरायली सेनाले विपिनको बारेमा जानकारी दिदै हमासले दिएको जीवित बन्धकको सूचीमा उनको नाम नरहेको जानकारी दिएको बताए । साथै सेनाले केहि जानकारी आएमा फेरी जानकारी गराउने बताएको उनले बताए ।
राजदुत पण्डितले विविसीसँग भनेका छन्- 'हमासले छोड्ने सूची इजरायल सरकारलाई दिएको, विपिन जीवित नरहेको हमासले आफुहरुलाई जानकारी दिए भनेका छन् । भिडियो कन्फेरेन्स मार्फत विपिनको बहिनिसहित मलाई जानकारी दिएको हो । हामि केहि नयाँ कुरा आयो भने फेरी जानकारी गराउछौं भनेका छन् । विपिन जीवित नभएको जानकारी गरायौं भने । बन्धकको हस्तान्तरण पछि केहि जानकारी आएमा गराउछौं भनेका छन् ।'
हमासले आफुसँग रहेका बन्धकको रिहाइ प्रक्रिया शुरु गरेको छ । अहिलेसम्म ७ जना बन्धकको रिहाइ भएको छ भने बाँकीको रिहाइ हुदैछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’