- केन्द्रीय कारागारको सम्पर्कमा आएको कारागार स्रोतले जानकारी दिएको छ ।
काठमाडौँ: जेनजी आन्दोलनका क्रममा जेलबाट फरार रहेका चुडामणि उप्रेती (गोरे) जेल फर्किने भएका छन् ।
सुन तस्करीमा संलग्न गोरे जेनजीको आन्दोलनका क्रममा मंगलबार राती जेलबाट भागेका थिए । उनले कारागार प्रशासनलाई सम्पर्क गरेर फर्किन लागेको जानकारी गराएका हुन् ।
गृह प्रशासनले जेलबाट फरार रहेका सबै कैदीलाई कारागार फर्कन सूचना जारी गरेसँगै भागेको तेस्रो दिन सुन्धारास्थित केन्द्रीय कारागारको सम्पर्कमा आएको कारागार स्रोतले जानकारी दिएको छ ।
उनीसँगै फरार भएका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी अझै फर्किएका छैनन् । रायमाझीले यसअघि नै कारागार प्रशासनसँग सम्पर्क गरेर फर्किन खोजेका थिए तर कारागारले सम्पर्कमा रहन र अवस्था अनुकुल भएपछि खबर गर्ने बताएका थिए ।
जेनजी आन्दोलनपछि देशभरका कारागारबाट १६ हजार भन्दा बढी कैदी फरार भएकोमा अहिलेसम्म करिब ५ हजारको हाराहारीमा मात्र फर्किएका छन् या पक्राउ परेका छन् । अझै करिब ११ हजार कैदी सम्पर्कमा रहेका छैनन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’