- प्रतिनिधि सभाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक-२०८१ बहुमतले स्वीकृत गरेको छ ।
काठमाडौँ, १८ भाद्र । प्रतिनिधि सभाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक-२०८१ बहुमतले स्वीकृत गरेको छ । बुधबारको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय सभाबाट आएको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक-२०८१ बहुमतले स्वीकृत गरेको हो ।
राष्ट्रिय सभामा पेश भएको विधेयक भदौ ६ गते सर्वसम्मत रुपमा पारित भई कानून निर्माणको चरण पार गर्दै आज प्रतिनिधि सभामा प्रस्तुत भएको हो ।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकका प्रमुख व्यवस्था:
१- आमालाई प्रसुती गृहमा भर्ना गरेपश्चात कोही कसैलाई थाहा जानकारी नदिइ भागी गएको र हालसम्म सम्पर्कमा नआएको, बाबुको नाम उल्लेख गरे पनि निजलाई देख्न र चिन्न नपाएको, बाबु हो भनी अरुले देखाएको मानिस भएपनि निज हाल जिवित वा मृत केही थाहाँ नभएको, बाबुको भौतिक उपस्थिति, निजबाट पाउनुपर्ने वात्सल्य प्रेम र हेरविचार वा जिम्मेवारी कहिल्यै नउठाएको, त्यस्ता बालबालिकाले निज बालिग भएपछि बाबु भएको आधार पुष्टि गर्न नसकेको तर त्यस्ता बाबुहरुको नाम जन्मदर्ता, शैक्षिक योग्यता प्रमाणपत्रमा उल्लेख हुदाँ ती नेपाली नागरिक आमाका सन्तानहरुले हालसम्म नेपाली नागरिकता प्राप्त गर्न सकेका छैनन । त्यस्ता व्यक्तिहरुको बाबुको पहिचान नभएको मानी नेपाली आमाको नागरिकताको आधारमा नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ ।
२- नेपालको अन्तरिम संविधान बमोजिम बाबु वा आमा मध्ये कुनै एकले जन्मका आधारमा नागरिकता प्राप्त गरेको र अर्कोको नागरिकता प्राप्त गर्नु अगावै मृत्यु भएको वा सम्पर्कविहिन रहेको व्यक्तिको सन्तानले अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।
३- नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको व्यक्तिले अङ्गिकृत नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ ।
४- सोह्र वर्ष उमेर पूरा नभएको र बाबु वा आमा मध्ये कम्तीमा एकजना नेपाली नागरिक रहेको नाबालकलाई वैदेशिक यात्रामा सहजीकरण गर्न नाबालक परिचयपत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
विधेयक पारित भएमा देहायका नागरिकहरुले नागरिकता प्राप्त गर्न सहजिकरण हुने:
१- अदालतहरुबाट विभिन्न समयमा जारी भएका परमादेशहरुको कार्यान्वयन हुनका साथै सम्मानित अदालतबाट दिइएका आदेशहरुको कार्यान्वयनमा एकरुपता कायम हुनेछ ।
२- संविधानको भावना बमोजिम कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित हुनेछैन ।
३- नेपाली नागरिक आमाबाट जन्म भएका सन्तानहरुले आमाको नामबाट नागरिकता प्राप्त गर्ने गरी संवैधानिक व्यवस्थाको पूर्ण रुपमा कार्यान्वयन हुनेछ ।
४-आमा वा बाबुले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानहरुले अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।
५- विद्यमान समयमा बदलिदो सामाजिक परिवेश अनुसार पहिचान विहिन भएर बस्नु परेको बैदेशिक रोजगारमा गएका नेपाली महिलाहरुका सन्तानहरु नागरिकता विहिन भईरहेको अवस्थामा अङ्गिकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।
६- नेपाली बाबु वा आमाका सन्तानलाई वैदेशीक यात्राको सहजिकरणका लागि नाबालक परिचयपत्र प्रदान गर्न सकिनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।