इन्द्रजात्राको इन्द्रध्वजको उत्थान विहिबार शुभ साइतमा गरिने
२०८२ भाद्र १८ बुधवार
- इन्द्रजात्रा काठमाडौ उपत्यकाको सवै भन्दा ठुलो जात्रा रहेको र नेवार समुदायको विशेष पर्वका रुपमा मनाउने गरिएको राष्ट्रिय पर्व हो ।
काठमाडौं: काठमाडौंको ऐतिहासिक जात्रा इन्द्रजात्राको इन्द्रध्वजको उत्थान विहिबार गरिने शुभ साइत निकालिएको छ ।
इन्द्रजात्रा काठमाडौ उपत्यकाको सवै भन्दा ठुलो जात्रा रहेको र नेवार समुदायको विशेष पर्वका रुपमा मनाउने गरिएको राष्ट्रिय पर्व हो ।
इन्द्रजात्राका लागि भाद्र १९ गते विहिवारका दिन विहान १० बजेर ३१ मिनेटमा शुभसाईतमा इन्द्रध्वजको उत्थान गरिने बताइएको छ ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले यस बर्षको ईन्द्रजात्रामा विगतका वर्षहरुमा भन्दा केही फरक कार्यक्रमहरु समावेश गरिएको जानकारी दिएका छन् । यस वर्ष भिडियो डकुमेण्ट्री प्रतियोगिता, सम्पदा पद यात्रा , मेड इन काठमाडौं मार्फत माटाका सामान बनाउने कलाको प्रत्यक्ष प्रदर्शनी र तस्वीर प्रदर्शन समेत रहेको मानन्धरले जानकारी दिएका छन् । महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का वडा अध्यक्ष आशामान संगतले हरेक जात्राको आफनै महत्व रहेको बताउदै जात्राका लागि सवै सरोकारवाला निकायको सहकार्य र समन्वयको आवश्यक रहने बताएका छन् ।
इन्द्रजात्राका लागि रथयात्रा अन्तर्गत भाद्र २२ गते माथिल्लो टोलमा रथयात्रा, भाद्र २६ गते विहिबार नानिचा यात्रा, हुने भने सोही दिन रातको १० बजेर ३१ मिनेनको शुभ साईतमा यःसीं क्वः थलेगु अर्थात इन्द्रध्वज ढलाएसँगै यसवर्षको इन्द्रजात्रा समापन हुने छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’