शिक्षक महासंघ पुनः आन्दोलनमा, पहिलो चरणको कार्यक्रम सार्वजनिक
२०८२ भाद्र ०६ शुक्रवार
- शुक्रबार महासङ्घले पत्रकार सम्मेलन गर्दै पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
काठमाडौं : नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकले सहमती अनुरुप सम्बोधन हुन नसकेको भन्दै पुनः आन्दोलन गर्ने भएको छ ।
शुक्रबार महासङ्घले पत्रकार सम्मेलन गर्दै पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयक सकारात्मक रहे पनि शिक्षक कर्मचारीका सरोकारका र विगतका सहमतीमा रहेका विषयहरु सम्बोधन हुन नसकेको बताए ।
उनले भने, ‘केही अन्य विषयमा विधेयक सकारात्मक रहेपनि शिक्षक कर्मचारीका सरोकारका र विगतका सहमतीमा रहेका विषयहरु सम्बोधन हुन सकेका छैनन् । अस्थायी प्रकृतिका शिक्षकको स्थायित्वका लागि तोकिएको आन्तरिक परीक्षाको प्रतिशत सहमती ( ७५ प्रतिशत आन्तरिक) अनुसार नहुनु, गोल्डेन हेन्डसेक अन्र्तगत किटान गरी नतोकिनु, स्थायी शिक्षकको आवधिक बढुवाको प्रबन्ध समावेश नहुनुलगायतका विषयहरु सम्बोधन नभएको देखिन्छन् ।’
उनले विद्यालय शिक्षामा वर्षौंदेखि बाँकी रहेका समस्या हल गरी उन्नत र गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्ध गर्न विद्यालय शिक्षा ऐन चाहिएको भन्दै विगतमा भएका सहमतिमा भएका विषयहरु ऐनमार्फत सम्बोधन हुनुपर्ने बताए ।
पहिलो चरणका आन्दोलनका कार्यक्रमहरु
१. २०८२ भाद्र ६ गते पत्रकार भेटघाट मार्फत आन्दोलनको जानकारी सार्वजनिक गर्ने।
२. भाद्र ९ गते सम्मानीय प्रधानमन्त्री, माननीय शिक्षा, विज्ञान तथा प्रविधि समक्ष तथा राजनीतिक दलका प्रमुख सचेतक ध्यानाकर्षण पत्र पेश गर्ने ।
३. २०८२ भाद्र ११ गतेदखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालय पत्र बुझाउने र त्यही २ घण्टा प्रतिनिधिमूलक धर्ना गर्ने ।
४.२०२ भाद्र १३ गते शुक्रवार सबै पालिकामा २ भाद्र १२ गते आइतबार सबै जि समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र ३ घण्टा दिने
५. २०८२ भाद्र २१ गते दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने यो चरणमा अवरोध विरोध प्रदर्शन लगायतका कड़ा कार्यक्रम ल्याइने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।