- जाजरकोटको कुशे गाउँपालिकाले विज्ञप्ति जारी गरी बेपत्ता भएकाहरूको खोजीका लागि आवश्यक कूटनीतिक पहल गर्न संघीय सरकारलाई आग्रह गरेको छ ।
सुर्खेत : गत मंगलबार भारतको उत्तराखण्डको उत्तरकाशीको धरालीमा गएको भीषण बाढीमा परी जाजरकोट र जुम्लाका ७ जनाको मृत्यु भएको छ भने कैयौं बेपत्ता भएको खुलेको छ ।
जाजरकोटको कुशे गाउँपालिकाले विज्ञप्ति जारी गरी बेपत्ता भएकाहरूको खोजीका लागि आवश्यक कूटनीतिक पहल गर्न संघीय सरकारलाई आग्रह गरेको छ । बाढी पहिरोमा परेर १३ जना भन्दा बढी बेपत्ता रहेको परिवारका सदस्यले जानकारी दिएको गाउँपालिकाले जानकारी दिएको छ ।
यस विषयमा परराष्ट्र मन्त्रालयले भने अहिलेसम्म औपचारिक जानकारी दिएको छैन ।
उत्तरकाशीको बाढीमा सय भन्दा बढी बेपत्ता रहेको बताइएको भएपनि अहिलेसम्म स्पष्ट आँकडा बाहिर आएको छैन ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’