- जसमा उत्पादनमुलक क्षेत्रतर्फ ३५ सय तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ १८ सय गरेर भाषा परीक्षामा ५३ सय हुने उत्तीर्ण हुने आकलन गरेर आवेदन खुला गरिएको शाखाले जनाएको छ।
काठमाडौं : कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ । ईपीएस कोरिया शाखाले सन् २०२५ को प्रथम चरणको उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन खुलाएको जानकारी दिएको छ ।
जसमा उत्पादनमुलक क्षेत्रतर्फ ३५ सय तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ १८ सय गरेर भाषा परीक्षामा ५३ सय हुने उत्तीर्ण हुने आकलन गरेर आवेदन खुला गरिएको शाखाले जनाएको छ।
साथै कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुन सक्ने शाखाले जानकारी दिएको छ । परीक्षाका लागि साउन २६ गतेदेखि साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ ।
शाखाले अर्को सूचना प्रकाशित गरेर परीक्षाको तालिकाबारे जानकारी गराउने जनाएको छ भने एक दिनमा बढीमा ५ सिफ्ट गरी परीक्षा सञ्चालन हुने साथै आवेदक संख्याका आधारमा वा अन्य विविध कारण आइपरेमा परीक्षा तालिका फेरबदल हुन सक्ने बताइएको छ । एक व्यक्तिले एक वटा क्षेत्रमा मात्र दरखास्त फाराम भर्न पाउने छ ।
दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो। त्यसपछि सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’