चट्याङ लागेर एक जनाको मृत्यु

२०८२ असार २५ बुधवार
सारांश
  • पारिवारिक स्रोतका अनुसार मङ्गलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर उनि घाइते भएका थिए ।

ताप्लेजुङ, २४ असार : सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

 

चट्याङ लागेर घाइते हुनुभएका सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको हो । उनको पारिवारिक स्रोतका अनुसार मङ्गलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर उनि घाइते भएका थिए । उनलाई तत्काल स्थानीय स्वास्थ्यचौकी पुर्याइएको थियो ।

 

त्यसैगरी, सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङ लागेर घाइते भएका छन् । सत्र वर्षीय लिम्बूलाई चट्याङ लागेको हो । उनको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार