- शुक्रबार ‘एएचएफ नेपाल’ले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्ने वक्ताहरुले अमेरिकी सहयोग कटौतीले संक्रमितहरु प्रत्यक्ष प्रभावित भएको बताए ।
काठमाडौं : नेपालमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) सहयोग कटौतीपछि एचआईभी÷एड्स रोकथाममा चुनौती देखिन थालेको छ ।
शुक्रबार ‘एएचएफ नेपाल’ले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रियामा बोल्ने वक्ताहरुले अमेरिकी सहयोग कटौतीले संक्रमितहरु प्रत्यक्ष प्रभावित भएको बताए ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायका क्षेत्रमा कार्यरत संस्था ब्लू डाइमण्ड सोसाइटीमा आवद्ध ज्योति थापाले आफ्ना समूदायका व्यक्तिहरु बढी प्रभावित भएको सुनाइन् । उनले युएसएआइडीको सहयोगमा २०–२१ वटा जिल्लाहरुमा एचआईभी एड्स रोकथामको लागि उपचार केन्द्रहरु सञ्चाल गरी सेवा दिइरहेको भएपनि सहयोग कटौती हुँदा समस्या भएको बताइन् ।
सहयोग नै नआएपछि सोसाइटीले आफ्नो सेवाहरु सञ्चालन गर्न नसकिरहेको बताइन् ।
थापाले युएसएआइडीको सहयोग बन्द भएसँगै नेपालमा एचआईभीको संक्रमण पनि बढ्ने जोखिम रहेको बताइन् । उक्त सहयोग कटौंतीको असर प्रत्यक्ष रुपमा देखिन थालेको बताइन् ।
उनले भनिन्,युएसएआइडीको प्रोजेक्ट या सहयोग नेपालमा जुन भइरहेको थियो त्यो बन्द भयो । जसले गर्दा ब्लु डाइमण्ड सोसाइटीबाट चलिरहेका ठूला कार्यक्रम एचआईभी÷एड्स रोकथाम उपचार केन्द्र र अधिकारको वकालतका कार्यक्रमहरु देशका २० देखि २१ जिल्लाहरुमा राम्रोसँग चिलिरहेका कार्यक्रम धरापमा परेका छन् ।’
कार्यक्रम नै ठप्प भएपछि एचआईभी÷एड्सलाई २०३० सम्म अन्त्य गर्ने सरकारको लक्ष्यमा पुग्न नसकिने धारणा राखिन् । कार्यक्रममा डा.सर्वेस शर्मालगायतले नेपालमा एचआइभी÷एड्स रोकथाम कार्यक्रमलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने औंल्याए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’