सप्तकोशीमा वेपत्ता सशस्त्र प्रहरीका गोताखोर सुरज साउदको शव भेटियो
२०८२ जेठ २५ आईतवार
- मनसुनजन्य विपद्को तयारीस्वरुप गरिएको प्रदेशस्तरीय अभ्यासमा भाग लिएका सशस्त्र प्रहरीमा कार्यरत गोताखोर सुरज बिहीबार सप्तकोशीको पानीमा हराए ।
विराटनगर : ‘देशका लागि काम गर्छु, विपद् आए अग्रपंक्तिमा उभिन्छु’ भन्ने अठोट बोकेका डोटीका सुरज साउद फर्किएनन् ।
मनसुनजन्य विपद्को तयारीस्वरुप गरिएको प्रदेशस्तरीय अभ्यासमा भाग लिएका सशस्त्र प्रहरीमा कार्यरत गोताखोर सुरज बिहीबार सप्तकोशीको पानीमा हराए ।
उनका परिवार, साथी, सहकर्मी र देशले चार दिनसम्म आशाको उज्यालो खोजिरहे पनि आइतबार बिहान ११ बजे त्यो आशा कोशीको किनारमै एक शवमा बदलिदियो ।
कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम केन्द्रबाट खटिएको डिएसपी पुरुषोत्तम भण्डारीको टोलीले कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक सुरजको शव निकालयो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाले सुरजको शव भेटिएको पुष्टि गरेका हुन् । उनका अनुसार गोताखोर र तालिम प्राप्त टोली चार दिनदेखि खोजीमा संलग्न रहेका थिए ।
सुरजसँगै बेपत्ता भएका अर्का सशस्त्र प्रहरी सुरक्षाकर्मी हरदेव राजवंशीको शव भने शुक्रबार नै भेटिएको थियो ।
दुवैजना सप्तकोशी नदीमा भइरहेको अभ्यासमा सहभागी थिए । अरुको जीवन जोगाउनका लागि अभ्यासमा गएका उनीहरूले आफ्नै जीवन गुमाएका हुन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’