जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वल्र्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
२०८२ बैशाख ३० मंगलबार
- जलवायु परिवर्तन प्रभाव देखाउन र प्रभावित क्षेत्रलाई सहयोग गर्ने उद्देश्यसहित आयोजना गरेको च्यारिटी डिनर कार्यक्रममा कम्पनीले सहकार्य गरेको हो ।
काठमाडौं : लगानी कम्पनी वल्र्ड मर्चेन्ट इन्भेष्टमेन्टले रोटरी क्लब अफ काठमाडौं मिड–टाउनले आयोजना गर्न लागेको जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा सहकार्य गरेको छ ।
जलवायु परिवर्तन प्रभाव देखाउन र प्रभावित क्षेत्रलाई सहयोग गर्ने उद्देश्यसहित आयोजना गरेको च्यारिटी डिनर कार्यक्रममा कम्पनीले सहकार्य गरेको हो ।
पछिल्लो जलवायु समस्या बढ्दै गएको र यो जलवायुको मात्र नभइ मानवताको मुद्दा भएको वल्र्ड मर्चेन्ट इन्भेष्टमेन्टका अध्यक्ष बासुदेव गौतमले बताए ।
‘यो केवल जलवायुको समस्या होइन । यो मानवताको मुद्दा हो,’ उनले भने, ‘हामी त्यस्तो विकासमा विश्वास गर्छौं, जसले मानिस र प्रकृति दुवैलाई समेट्छ । त्यसैले हामी रोटरी मिड–टाउनसँग अर्थपूर्ण कार्यक्रममा सहकार्य गरेका हौं ।’
रोटरी क्लब अफ काठमाडौं मिड–टाउनले च्यारिटी स्वरूप सोल्टी होटलमा जेठ ११ गते हुने ‘एन इभनिङ फर द गुड अर्थ’ कार्यक्रम गर्दैछ । उक्त कार्यक्रममा संकलन भएको रकम जलवायु कार्यक्रम र जनचेतना अभिवृद्धि परियोजनामा खर्च गरिने छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।