छाँयानाथको माथि बालै गाउँमा पहिलोपटक गाडी पुग्दा स्थानीय हर्षित

२०८२ वैशाख २७ शनिवार
सारांश
  • सदरमुकाम गमगढी हुँदै बालै र माथि बालै जोड्ने सडकको ट्रयाक खुलेसँगै लिउडी हुँदै माथि बालै गाउँसम्म गाडी पुगेको हो । वर्षौँदेखिको गाडी चढ्ने सपना पूरा भएको भन्दै स्थानीयहरूले खुसी व्यक्त गरेका छन् । स्थानीयवासीका अनुसार पहिले बिरामी, सुत्केरी वा तरकारी बोक्नका लागि डोको र पीठो प्रयोग गर्नुपर्ने बाध्यता अब हटेको छ ।

मुगु : मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–९ स्थित माथि बालै गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । गाडीको आगमनलाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै उनीहरूले फूलमालासहित पूजा गरेर नाचगान र देउडा गीतमार्फत स्वागत गरेका हुन् ।


सदरमुकाम गमगढी हुँदै बालै र माथि बालै जोड्ने सडकको ट्रयाक खुलेसँगै लिउडी हुँदै माथि बालै गाउँसम्म गाडी पुगेको हो । वर्षौँदेखिको गाडी चढ्ने सपना पूरा भएको भन्दै स्थानीयहरूले खुसी व्यक्त गरेका छन् । स्थानीयवासीका अनुसार पहिले बिरामी, सुत्केरी वा तरकारी बोक्नका लागि डोको र पीठो प्रयोग गर्नुपर्ने बाध्यता अब हटेको छ  ।


छायाँनाथ रारा नगरपालिकाको २० लाख रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत डोजर प्रयोग गरेर सडक निर्माण गरिएको हो । बिहीबार एक कार्यक्रमकाबीच नगरप्रमुख विष्णु कुमार भाम र उपप्रमुख ऐश्वर्य मल्लले सडकको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।


सडक उद्घाटन कार्यक्रममा नगरप्रमुख भामले चुनावी वाचाअनुसार गाउँगाउँमा सडक र विद्युत् पु–याउने प्रतिबद्धताअनुसार कार्य भइरहेको बताए । उनका अनुसार नगरपालिका भित्रका ८७ गाउँमध्ये अधिकांशमा सडक पुगेको छ भने बाँकी रहेका कम्फा, तिर्प, सुम्ली, मुर्मा र सालिम गाउँमा पनि आफ्नो कार्यकालमै सडक पु–याउने लक्ष्य रहेको बताए ।


स्थानीय बलबहादुर भामले गाउँमा बढी मात्रामा उत्पादन हुने आलु र सिमीलाई अब सहज रूपमा बजारसम्म पुर्याउन सकिने बताए । ‘पहिले दुई घण्टा बोकेर गमगढी पु–याउनु पथ्र्यो, धेरैजसो कुहिन्थ्यो,’ उनले भने, ‘अब गाडी आएको छ, बजार पहुँच सजिलो हुनेछ, र युवाहरू खेतीमै आकर्षित हुनेछन् ।’


उपप्रमुख मल्लले गाडी नपुगेका कारण गाउँका बिरामी र सुत्केरी महिलालाई डोकोमा बोक्नुपर्ने बाध्यता हटेको बताउँदै अब गाउँमा एम्बुलेन्स र अन्य सवारीसाधन पुग्न सक्ने अवस्था बनेको बताइन् ।


सडक विस्तारसँगै माथि बालै गाउँमा विकासको नयाँ ढोका खुलेको स्थानीयवासीको विश्वास छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार