- उच्च शो सहित प्रदर्शन सुरु गरेको चलचित्रमा अहिले पनि उपब्ध शो मा दर्शकको अकुपेन्सी उच्च रहेको छ । यो सिनेमाले १३ वटा हलहरूमा ५१ प्रदर्शनको औँ दिन मनाएको छ ।
काठमाडौं : चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गते रिलिज भएको चलचित्र आजबाट ५१ औँ दिनमा प्रवेश गरेको हो ।
उच्च शो सहित प्रदर्शन सुरु गरेको चलचित्रमा अहिले पनि उपब्ध शो मा दर्शकको अकुपेन्सी उच्च रहेको छ । यो सिनेमाले १३ वटा हलहरूमा ५१ प्रदर्शनको औँ दिन मनाएको छ ।
जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको ‘लाज शरणम्’ले काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विग मुभिज, सिडिसी सनेमा र मोफसलमा झापाको विर्तामोडमा रहेको क्युएफएक्स, दमकमा रहेको डिम्याक्स सिनेमाज र बुटवलमा रहेको आइएनआई सिनेमाजमा प्रदर्शनको ५१ औँ दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए ।
‘हाम्रो चलचित्र लाज शरणम् ५१औँ दिनमा प्रवेश गरेको छ,’ निर्माता श्रेष्ठले भने, ‘दर्शकको राम्रो प्रतिक्रियासहति अहिले पनि उच्च अकुपेन्सीमा चलिरहेको छ ।’
पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको ‘लाज शरणम्’ले हालसम्म ५ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माता श्रेष्ठले जानकारी दिए ।
चलचित्रमा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), रेणु योगी, अर्पण थापा मुख्य भूमिकामा छन्।
यस्तै, सिनेमामा कमलमणी नेपाल (खुपीका बाउ), मुकुन्द श्रेष्ठ, माला लिम्बुसँगै प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामतलगायत कलाकारको अभिनय छ ।
कर्णालीको कथाव्यथा प्रस्तुत गरेको ’लाज शरणम’लाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । सुदीप बराल छायांकार रहेको चलचित्रको सहनिर्माता राम नरेश शाह र सिर्जना खड्का छन् । चर्चित हास्य सिरियल ’सक्किगोनि’ समूहद्वारा निर्माण गरिएको यो पहिलो फिचर सिनेमा हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’