- चैत्र–बैशाखाको सुक्खा मौसममा घर, बनजङ्खललगायत क्षेत्रहरुको आगलागीका घटनाहरु बढी रहेको अवस्थामा आगलागी बाट बच्न र बचाउनका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।
मुगु : मुगुमा बिपत जोखिम न्यूनीकरण तथा आगलागी नियन्त्रण सम्बन्धी ‘सिमुलेसन’ मार्फत सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
चैत्र–बैशाखाको सुक्खा मौसममा घर, बनजङ्खललगायत क्षेत्रहरुको आगलागीका घटनाहरु बढी रहेको अवस्थामा आगलागी बाट बच्न र बचाउनका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।
मुगमकामारोङ्ख गाँउपालिकाका स्थानीयलाई पहिलो पटक जिल्ला बिपत ब्यवस्थापन समिति, स्थानीय पालिकाको समन्वय, यूएमएन नेपालको सहयोग, करानी सामूदायिक सस्थाको आयोजनामा जानकारीमूलक कार्यक्रम आयोजना गरिएको हो ।
पालिका भित्रका १३ भन्दा बढी बस्तीहरुको घरहरु चिसोका कारण बढी आगो बाल्ने, घरको छलमा घाँस–दाउरालगायतका सामानहरु राख्नुका साथै पछिल्लो समयमा बढी विद्युतीय र ग्यास शिलिन्डरको प्रयोगबाट हुने बढी आगोलागीको जोखिम हुने भएकाले यस्तो कार्यक्रम आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रले जानकारी दिए ।
सो अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा (सिमुलेसन) डेमो प्रदर्शन गरेका थिए भने र माग्रीगाँउमा रहेको खेल मैदानमा आगलागी सम्बन्धी डेमो प्रदर्शन गरिएको उनले जानकारी दिए ।
हावाहुरीको समय भएको र आगलागीका घटना भइरहने हुँदा यसबाट बच्ने उपायसहित पूर्वअभ्यासमा नेपाली सेनाका सह सेनानी आकाश क्षेष्ठ, शसस्त्र प्रहरी बल ५४ गुल्मका प्रहरी निरीक्षक ज्ञान रावलको कमाण्डरमा अभ्यास सहित जनचेनता गरिएको हो । यस्ता कार्यक्रमले नागरिकहरुमा चेतना स्तर बृद्धिमा सहयोग पुग्ने यूएमएन कलष्टर मुगुका टीम लिडर नेत्र बहादुर शाहीले बताए ।
जनचेनतामा निकै पछाडि परेको मुगमकामरोङ्ख गाँउपालिका घरहरुका घाँस दाउरा, अन्न–पानी, लता–कपडा सबै एकै घर भित्रहुने गरेकाले आगलागी जोखिम हुने गरेको छ । कृत्रिम घटना अभ्यास अवलोकन गरेपछि आगलागीका बारेमा धेरै जानकारी प्राप्त भएको, आगलागी न्यूनीकरण गर्न र त्यसबाट बच्ने उपाए सिक्ने मौला मिलेको पालिका उपाध्क्षय छिरिङ्ख पुटीकले बताइन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।