एकीकृत र दीगो खानेपानी योजनाहरूको विकास र कार्यान्वयन गर्न समझदारी
२०८१ चैत्र २१ विहिबार
- शुक्रबार तराई–मधेशलगायत देशका अन्य क्षेत्रहरूमा दीर्घकालीन खानेपानीको व्यवस्थापनका लागि खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच भएको समझदारी पत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले दिगो खानेपानी योजनाहरूको विकास र कार्यान्वयन ठोस पाइला चालिने बताएका हुन् ।
काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेश लगायत देशका अन्य क्षेत्रहरूमा दिगो र भरपर्दो खानेपानी व्यवस्थापन सुनिश्चित गर्न एकीकृत र दिागो खानेपानी योजनाहरूको विकास र कार्यान्वयन गर्ने दिशामा ठोस पाइला चालिने बताएका छन् ।
शुक्रबार तराई–मधेशलगायत देशका अन्य क्षेत्रहरूमा दीर्घकालीन खानेपानीको व्यवस्थापनका लागि खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच भएको समझदारी पत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले दिगो खानेपानी योजनाहरूको विकास र कार्यान्वयन ठोस पाइला चालिने बताएका हुन् ।
उनले भने, ‘मधेशमा चापाकल सुक्दै गएको अवस्था छ । गर्मी मौसममा पानीको हाहाकार हुने गरेको छ । नेपाल सरकारका दुई महत्वपूर्ण मन्त्रालयबीच पारस्परिक समझदारी पत्रमा हस्ताक्षर गरी औपचारिक रूपमा आदान–प्रदान गरिएको छ । अब पानीको समस्या समाधान हुनेछ ।’
यसैगरी उनले तराई–मधेशलगायत देशका अन्य क्षेत्रहरूमा दिगो र भरपर्दो खानेपानी व्यवस्थापन सुनिश्चित गर्नका निम्ति नेपाल सरकारका दुई महत्वपूर्ण मन्त्रालयहरू खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच पारस्परिक समझदारी पत्रमा हस्ताक्षर गरि औपचारिक रूपमा आदान–प्रदान गरिएको कुरा आफैमा निकै खुशीको विषय भएको बताए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शुक्रबार गरिएको समझदारी पत्र हस्ताक्षरले खानेपानीको समस्या समाधानका लागि एक विशेष महत्व राख्ने तथा सिँचाई, बिद्युत उत्पादनमा ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘आजको समझदारी पत्र हस्ताक्षरले एक महत्वपूर्ण काम गरेको छ । सिँचाई, बिद्युत उत्पादन र खानेपानीको समस्या समाधान गर्ने छ ।’
उक्त कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव इञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्य तथा सिँचाई सचिव सरिदा दवाडीले समझदारी पत्र हस्ताक्षरमा हस्ताक्षर पश्चार आदान प्रदान गरेका थिए ।
समझदारी पत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठ तथा जलस्रोत तथा सिँचाई विभागका तर्फबाट महानिर्देशक संजीव बरालले पनि हस्ताक्षर गरेका छन् ।
समझदारी पत्रमा पहिलो पक्षको रुपमा खानेपानी मन्त्रालय र दोस्रो पक्षको रुपमा ऊर्जा, जलस्रोत तथा सिँचाइ भनिएको छ । यसपश्चात् यी दुवै मन्त्रालयलाई संयुक्तरूपमा ‘समझदारी पत्रका पक्षहरू’ भनी उल्लेख गरिएको छ ।
समझदारी पत्रले नेपालको संविधान, दिगो विकास लक्ष्य नं ६, खानेपानी, सरसफाइ तथा स्वच्छता नीति २०८०, र खानेपानी तथा सरसफाइ ऐन २०७९ मा उल्लिखित मुलभूत अधिकारअनुसार हरेक नागरिकलाई सुरक्षित, भरपर्दो र स्थायी खानेपानी सेवा उपलब्ध गराउने राष्ट्रिय प्रतिबद्धतालाई मूर्त रुप दिने अपेक्षा गरिएको जनाइएको छ ।
उक्त समझदारी पत्रमा २४ वटा बुदाहरु समावेश गरिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
‘संविधानको औचित्यमाथि नै प्रश्न छ’: राजसंस्थासहित राजनीतिक सहमतिको आह्वान
-
करेन्ट लागेर हात्ती ‘रोनाल्डो’ को मृत्यु, शव परीक्षणपछि गाडियो
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १४४ जना घाइते
-
माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङबाट ११ शव निकालियो
-
भारतको प्रतिव्यक्ति कार्बन उत्सर्जन विश्वको औसतभन्दा आधाभन्दा पनि कम छ- मोदी
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।