- बिहीबार ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको उपस्थितीमा नख्खु खोला पुलको समुद्घाटन गरिएको हो ।
ललितपुर: ललितपुर महानगरपालिका वडा नम्बर १४/ २६ र २५ जोड्ने नख्खु खोला पुलको समुद्घाटन गरिएको छ ।
बिहीबार ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको उपस्थितीमा नख्खु खोला पुलको समुद्घाटन गरिएको हो ।
उक्त पुल उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पुल नभएकै कारण धेरैले अकालमै ज्यान गुमाएकै कारणले धेरै ठाउँमा पुल निर्माणदेखि लिएर शिलान्यास गरिसकेको बताए ।
उनले नगरपालिका र कर्मचारिहरुको पहिलो प्राथमिकता भनेको नगरवासीहरुलाई एउटा सानोतिनो घाउँ पनि नलागोस् भन्ने उद्देश्यले नै आफूहरु अनवरत रुपमा काम गरिराखेको बताए ।
उनले भने, ‘पुल नभएकै कारण धेरैले अकालमै ज्यान गुमाउनुभयो । त्यसकारण हामीले धेरै ठाउँमा पुल निर्माणदेखि लिएर शिलान्यास गरिसकेका छौं । हालसम्मको तथ्यांक हेर्ने हो भनेपनि पुल नभएको कारणले करिब १६ जनाले ज्यान गुमाउन पुगे ट्राफिक दुर्घटनामा । त्यसैले ट्राफिक दुर्घटनालाई हटाउनका लागि महानगरपालिकाले विभिन्न ठाउँमा पुलहरु निर्माण गरिरहेको छ । नगरपालिका र कर्मचारिहरुको पहिलो प्राथमिकता भनेको नगरवासीहरुलाई एउटा सानोतिनो घाउँ पनि नलागोस् भन्ने नै हो । त्यसैले हामी अनवरत रुपमा काम गरिरहेका छौं।’
यसैगरी उनले प्रशासकिय अधिकृत ललितपुर महानगरपालिकामा आइसकेपछाडि ललितपुरको विकास पूर्णमय भएको बताए । उनले अब निकट भविष्यमै कुसुन्तीमा एउटा अपांगमैत्री पुल सञ्चालनमा आउने समेत जानकारी गराए ।
उनले भने, ‘प्रशासकीय अधिकृत ललितपुर महानगरपालिकामा आइसकेपछाडि यहाँको विकास चाँही पूर्णमय भएको छ । तीनवटा पुल नै उद्घाटन गरिसकेका छौं । अर्को पुलको शिलान्यास भइसकेको छ, अब निकट भविष्यमै कसुन्तीमा एउटा अपांगमैत्री पुल बनाइरहेका छौं, त्यसमा चक्रपथ क्रस गर्नका लागि हामी साधारण मान्छे वारपार गर्न सक्छौं तर अपांगहरुको लागि पनि केही गरौं न भनेर अपांमैत्री पुल बनाएका हौं ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।