- एनआइसी एसीया बैंकको कमी कमजोरीका कारण यहाका लाभग्राहीले भत्ता पाउनबाट बञ्चित भएको गुजरा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामजित चौधरी बताए ।
रौतहट : रौतहटको गुजरा नगरपालिकाका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका छन् । बिगत चार महिनादेखि उनीहरुले सामाजिक सुरक्षा भत्ता पाउन नसकेका हुन् ।
एनआइसी एसीया बैंकको कमी कमजोरीका कारण यहाका लाभग्राहीले भत्ता पाउनबाट बञ्चित भएको गुजरा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रामजित चौधरी बताए ।
उनका अनुसार करीब ८ हजार लाभग्राहीहरु सामाजिक सुरक्षा भत्ता पाउन बाट बञ्चित छन् । गत पुुस महिनामा नै गुजरा नगरपालिकाले बैंकको खातामा सामाजिक सुरक्षा वापतको रकम पठाए पनि हालसम्म पाउन नसकेको वडा नम्बर २ का वडा अध्यक्ष अशोक खाँ थारुले बताए ।
सो नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष झमक प्रसाद चौलागाइ,वडा नम्बर ५ का वडा अध्यक्ष शेख जमालुदिन, वडा नम्बर ७ का वडा अध्यक्ष शेख अबदुल्का र वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम चौधरी संयुक्त रुपमा बैंकमा पुगि छिटो भन्दा छिटो सामाजिक सुरक्षा भत्ता वितरण गर्न आग्रह गरेका छन् ।
अब चाँडै सामाजिक सुरक्षाभत्ता वितरण नगरेमा बैंकमै तालाबन्दी गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।
सिमराभवानीपुरमा रहेको एनआइसी एसीया बैंकका शाखा प्रबन्धक एमडि सदाम प्रवेजले अब चाँडै नै सामाजिक सुरक्षाभत्ता वितरण गरिने बताए ।
केवाइसी अपडेट नभएकाले समस्या भएको उनको भनाइ छ । रमजान चलिरहेको र होली नजिक आएकोले भत्ता समयमा नै दिन पालिकावासिले माग गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
‘संविधानको औचित्यमाथि नै प्रश्न छ’: राजसंस्थासहित राजनीतिक सहमतिको आह्वान
-
करेन्ट लागेर हात्ती ‘रोनाल्डो’ को मृत्यु, शव परीक्षणपछि गाडियो
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १४४ जना घाइते
-
माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङबाट ११ शव निकालियो
-
भारतको प्रतिव्यक्ति कार्बन उत्सर्जन विश्वको औसतभन्दा आधाभन्दा पनि कम छ- मोदी
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।