- सोमबार मनहरी–७, मनहरी पुलमा चितवन तर्फबाट हेटौडातर्फ आउँदै गरेको ना १६प३१८१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना६ख ४०५५ नम्बरको ट्रकले ठक्कर दिंदा मोटरसाइकल चालक चितवन रत्ननगर–१६ पिठुवाका ५५ वर्षीय रामजी गौतम घाइते भएका छन् भने मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५६ वर्षीय निम बहादुर थापाको ज्यान गएको हो ।
मकवानपुर : पूर्व–पश्चिम राजमाग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
सोमबार मनहरी–७, मनहरी पुलमा चितवन तर्फबाट हेटौडातर्फ आउँदै गरेको ना १६प३१८१ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना६ख ४०५५ नम्बरको ट्रकले ठक्कर दिंदा मोटरसाइकल चालक चितवन रत्ननगर–१६ पिठुवाका ५५ वर्षीय रामजी गौतम घाइते भएका छन् भने मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५६ वर्षीय निम बहादुर थापाको ज्यान गएको हो । टाउकोमा गम्भीर चोट लागेका थापाको उपचारको क्रममा मनहरी अस्पतालमा ज्यान गएको जनाइएको छ ।
मोटरसाइकल चालकलाई थप उपचारको लागि चितवन रिफर गरिएको प्रहरीको जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई मनहरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता घटनाको विरोधमा मृतकका आफन्तले उचित क्षतिपूर्तिको माग र मान्छे मार्न पाइदैन भन्दै सडक जाम गर्दै, घटनामा संलग्नलाई कारबाहीको माग राखि जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी पूर्व–पश्चिम राजमाग अवरुद्ध पारेका थिए। अवरुद्ध सडक करिब एक घण्टा ४५ मिनेटपछि खुलेको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पार्टी बैठक राख्नेबारे हर्कको जवाफ– अरू पार्टीजस्तो होइन, श्रमदान नै हाम्रो बैठक हो
-
काठमाडौँमा ग्यासको चरम अभाव, महानगर प्रहरीले वितरणमा सहजीकरण गर्दै
-
सभामुख अर्यालसँग युरोपेली संघकी राजदूत लोरेन्जोको बिदाइ भेट
-
योगेश भट्टराईको प्रश्न- मुख्यमन्त्री हटाउने नाम पार्टीभित्र किन रडाको ?
-
सुनसरी घटनाका: उपचारको क्रममा अर्को एक जना युवकको मृत्यु
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।