- जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको विवरणअनुसार पक्राउ पर्नेमा लागुऔषध, जुवा, कुटपिट, जालसाजी, वन ऐन उल्लघंन तथा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दामा सजाय तोकिएका प्रतिवादीहरू छन्।
रौतहट : रौतहट प्रहरीले १४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको विवरणअनुसार पक्राउ पर्नेमा लागुऔषध, जुवा, कुटपिट, जालसाजी, वन ऐन उल्लघंन तथा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दामा सजाय तोकिएका प्रतिवादीहरू छन्।
कुटपिट तथा लुटपिट मुद्दामा कमल साह तेली र शुभ नारायण साह पक्राउ परेका छन् भने, जालसाजी अभियोगमा बद्री पासवानलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम् डिएसपी दीपककुमार रायले बताए ।
उनका अनुसार सम्बन्ध विच्छेदसम्बन्धि मुद्दामा मो असलमलाई पक्राउ गरिएको छ। लागूऔषध मुद्दामा प्रेम राना, सागर अर्याल, विन राना मगर (किरण राना मगर) र सन्तमान लामा (सन्चरमान तामाङ), जुवा खेल्ने अभियोगमा किशोर कुमार चौधरी, राम दिनेश साह र शिवराज अधिकारी क्षेत्री पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ परेका १४ जनालाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको प्रवक्ता रायले बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटले फरार रहेका प्रतिवादीलाई पक्राउ अभियान नै संचालन गरेको छ ।अदालतको आदेशअनुसार फरार रहेका अन्य प्रतिवादीहरूको समेत खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।