चेम्बर र यूएनडिपीको कार्यक्रमले बिपन्न तथा संकटमा रहेका परिवारलाई फाइदा
२०८१ फागुन २ गते शुक्रवार
- शुक्रबार यूएनडिपीका आवासीय प्रतिनिधि तथा एनसीसीका अध्यक्षयको नेतृत्वको टोलीले परियोजनाहरुको स्थलगत अवलोकन गरेका हुन् ।
काठमाडौं : संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) र नेपाल चेम्बर अफ कमर्स (एन्सिसि) ले संयुक्त सहकार्यमा संचालनमा रहेको र सम्पन्न भएका दुई परियोजनाको अवलोकन गरेको छ ।
शुक्रबार यूएनडिपीका आवासीय प्रतिनिधि तथा एनसीसीका अध्यक्षयको नेतृत्वको टोलीले परियोजनाहरुको स्थलगत अवलोकन गरेका हुन् ।
रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका र पनौती नगरपालिकामा सञ्चालित कामका लागि नगद कार्यक्रम, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र नेपाल चेम्बर अफ कमर्सको संयुक्त सहकार्यमा भइरहेको कामको अवलोकन गरिएको हो ।
नगद कार्यक्रम अन्तरगत सिंचाइ नहर, सामुदायिक सडकहरू, सडकहरुको नाली र कृषि जमिनहरूमा रहेको माटो, ढुंगा, काठ आदिको सरसफाई गरी स्थानीय भौतिक पूर्वधारको पुनःस्थापना गरिरहेको छ ।
उक्त कार्यमार्फत प्रभावित पालिकाहरुमा बिपन्न तथा संकटमा रहेका परिवारका सदस्यहरुलाई काममा संलग्न गराई जिल्लाको अदक्ष जनशक्तिले प्राप्त गर्ने रकम (ज्याला) बराबरको भुक्तानी दिई आय आर्जनमा संलग्न गराइएको छ ।
साथै मेसिनरी कार्यबाट पनि साना स्थानीय भौतिक पूर्वधारको पुनस्र्थापना गरिएको छ । नगद कार्यक्रममा काभ्रे जिल्लाका चार पालिका (रोशी र बेथानचोक गाउँपालिकाहरू, नमोबुद्ध र पनौती नगरपालिकाहरू) र ललितपुर एक पालिका (महाङ्कल गाउँपालिका) गरी जम्मा पाँच पालिकहरुमा कार्यान्वयन भइरहेको चेम्बरका अध्यक्ष कमलेश अग्रवालाले जानकारी दिए । कार्यक्रमले ८६० बिपन्न तथा संकटमा रहेका परिवारलाई ७८२० दिन बराबरको रोजगार प्राप्त हुनेछ ।
यसका अतिरिक्त, विपद्बाट प्रभावित बिपन्न तथा अति जोखिममा परेका परिवारहरुलाई विपद् प्रतिकार्य तथा पुनर्लाभका क्रियाकलापहरुमा कसरी संलग्न गराउन सकिन्छ भन्ने अध्ययन पनि गरिएको छ । जसले पुनर्लाभ तथा पुनःस्थापना कार्यमा मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।
पहिलो काम पनौती नगरपालिकामा कामका लागि नगद कार्यक्रमले बिपन्न तथा संकटासन्न समुदायका सदस्यहरूलाई छोटो अवधिको जीविकोपार्जनको अवसर प्रदान गरिरहेको छ । यस कार्यमा स्थानीय सरकारले पहिचान गरेका साना स्थानीय सामुदायिक पूर्वाधारहरू पुनःस्थापना गर्ने उद्देश्य राखिएको छ ।
पनौतीका वडा नं. ८ र १२ का विभिन्न स्थानहरू (देउराली, कालाटी, सिम्पानी, गुम्बा, मगर छाप, बादल पाखा, छिन्दु, र पाचरे) मा सडक तथा सडक नाली सरसफाई कार्य कार्यान्वयन भइरहेको अध्यक्ष अग्रवालले जानकारी दिए ।
कार्यक्रमले २५० स्थानीय संकटासन्न समुदायका परिवारका व्यक्तिहरूलाई १० दिनको लागि छोटो अवधिको रोजगारी प्रदान गर्दै आएको उनले बताए ।
नमोबुद्ध नगरपालिकामा कामका लागि नगद कार्यक्रमले बिपन्न तथा संकटासन्न समुदायका सदस्यहरूलाई छोटो अवधिको जीविकोपार्जनको अवसर प्रदान गरी सामुदायिक पूर्वाधारको पुनःस्थापना गरेको उनले बताए । यस्ताखाले कार्यक्रमले स्थानीय विपन्न परिवारलाई ठूलो सहयोग पुगेको धारणा राखे । प्राकृतिक विपत्तिका कारण परेको समस्यासँग जुध्न संचालित कार्यक्रम प्रभावकारी भएको उनको भनाइछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।