- शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले असोजमा भत्किएका सडकहरु अहिलेसम्म नबनेकोप्रति धेरै प्रश्न उठेको भन्दै निर्माण कामहरु जारी रहेपनि काममा केही ढिला भएको बताए ।
काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बीपी राजमार्गको काम ढिला भएको स्वीकार गरेका छन् ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले असोजमा भत्किएका सडकहरु अहिलेसम्म नबनेकोप्रति धेरै प्रश्न उठेको भन्दै निर्माण कामहरु जारी रहेपनि काममा केही ढिला भएको बताए ।
उनले भने, ‘मन्त्रालयले भौतिक पूर्वाधारको क्षेत्रमा परिवर्तन ल्याउनको लागि कामहरु भइरहेका छन् । असोजमा भत्किएका सडकहरु अहिलेसम्म नबनेको कुराहरु उठेको छ ।
नबनेको अवस्था त होईन्, भत्किएका सडकहरु बनाउने कामहरु केही न केही त भइरहेको छ । आवतजावत नै बन्द हुने अवस्था सिर्जना भएको छैन् । आठसय भन्दा धेरै ठाँउहरु अबरुद्ध भएका थिए । ती ठाँउहरुमा निर्माणका कामहरु पनि भएका छन् । तर सबैले देख्ने भनेको बीपी राजमार्ग नै हो, त्यहाँ काम ढिला भएको कुरा स्विकार गर्छौ ।’
यसको साथै, उनले राजमार्ग निर्माणको कामहरु छिटो गर्नको लागि ल्याएको अध्यादेशको पनि विरोध भएको भन्दै कानूनी समस्याहरुले गर्दापनि ढिला भएको बताए ।
उनले भने, ‘राजमार्ग निर्माणको विषयमा अर्थसँग बारम्बार भइरहेको छ । तर पनि कुन मोडेलबाट जाने भन्ने कुरामा देशका कानून नियमलाई तत्कालै सम्बोधन गर्न पनि नसकिने, अध्यादेश ल्याउँदा त्यसकै विरोध हुने अवस्था छ । कानूनी समस्याहरु पनि रहेको हुनाले पनि ढिला भएको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’