‘नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्व कला, साहित्य र संगीत हो’
२०८१ माघ ३० गते बुधबार
- नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८० लाई सम्बोधन गर्दै उनले कला, साहित्य र संगीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पु¥याउँने बताए ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीलाई एउटै सूत्रमा बाँध्ने तत्व हाम्रो कला, साहित्य र संगीत भएको बताएका छन् ।
नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८० लाई सम्बोधन गर्दै उनले कला, साहित्य र संगीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पु¥याउँने बताए ।
उनले भने, ‘बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको नेपालमा साहित्य, कला, गीत, संगीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउने आधार हो ।’
राष्ट्रपति पौडेलले संगीतको शक्ति अपरम्पार रहेको भन्दै यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि भएको उल्लेख गरे ।
मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामथ्र्य रहेको गीतसंगीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइ गर्न नहुने पनि उनको भनाई छ ।
उनले भने, ‘यो सभ्य र सुसंस्कृत समाजको एउटा परिचायक पनि हो । त्यसैले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीतसंगीतको विकासको लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्दछ ।’
यस्तै, उनले नेपाली लोक भाका पछ्याउँदै आधुनिक गीतसंगीतको सिर्जनामा नातिकाजीले पु¥याएको योगदान अनुकरणीय रहेको बताए ।
उनले भने, ‘नातिकाजीका सिर्जनाहरूमा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उनलाई नेपाली गीतसंगीतप्रेमीहरूको माझ सदैव अमर बनाइराखेको छ । विशेषत उनका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउँदै नेपाली संगीतको गौरवलाई बढाएको छ ।’
सो अवसरमा राष्ट्रपति पौडेलले नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान तथा नातिकाजी राष्ट्रिय पुरस्कार, नातिकाजी राष्ट्रिय संगित पुरस्कार, नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुुरस्कार, नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार र नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार वितरण गरेका थिए ।
प्रतिवेदन तयार गर्ने पदाधिकारीहरुस्
१। सहसचिव श्री डण्डुराज घिमिरे – संयोजक
२। उपसचिव श्री प्रविण कोइराला – सदस्य
३। उपसचिव श्री गगन विष्ट – सदस्य
४। निर्देशक श्री गुरुदत्त सुवेदी, वैदेशिक रोजगार विभाग – सदस्य
५। निर्देशक श्री टिकाराम ढकाल, वै।रो।बोर्ड सचिवालय – सदस्य
६। निर्देशक श्री प्रकाश अधिकारी, श्रम तथा व्य।सु।विभाग – सदस्य
७। निर्देशक श्री उत्तमराज नेपाल, सामाजिक सुरक्षा कोष – सदस्य
८। निर्देशक श्री विन्दा आचार्य, रा।व्या।प्रशिक्षण प्रतिष्ठान – सदस्य
९। सूचना प्रविधि विज्ञ श्री सुदन प्रजापति – सदस्य
१०। उपसचिव श्री हुमनाथ पराजुली – सदस्य(सचिव
विषय(सूची
विवरण पाना नं।
खण्ड १स् परिचय
१।१ सूचना प्रविधिको प्रयोग र आन्तरिक रोजगार प्रवर्द्धनको आवश्यकता १
१।२ वर्तमान श्रम बजारको समीक्षा २
१।३ श्रम बजार सूचना प्रणालीको निर्माण ३
१।४ स्थानीय तहबाट एकीकृत श्रम तथा रोजगार सेवा प्रवाह ४
खण्ड २स् मन्त्रालय मातहत रहेका सूचना प्रणालीहरुको एकीकरण
२।१ मन्त्रालय मातहत सञ्चालनमा रहेका सूचना प्रणालीहरु ५
२।२ मन्त्रालय मातहत रहेका सूचना प्रणालीहरुको एकीकरणको आवश्यकता ६
२।३ स्वीस कन्ट्याक्टबाट सञ्चालनमा आएको श्रम संसार प्रणाली ७
खण्ड ३स् सूचना प्रणालीहरुको एकीकरण तथा विस्तारको आगामी कार्यदिशा
३।१ दीर्घकालीन श्रम बजार सूचना प्रणालीको विकास ९
३।२ नेमिस निर्माणमा निरन्तरता ९
३।३ श्रम संसारलाई मन्त्रालय मातहत सञ्चालन गर्ने १०
३।४ आगामी कार्यदिशा १०
खण्ड ४स् सुझाव तथा सिफारिस १२
अनुसूची १स् श्रम बजार सूचना प्रणालीको प्रारुपको प्रस्तुती
अनुसूची २स् एकीकृत सूचना प्रणालीको प्रारुपको प्रस्तुती
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।