निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि वर्तमान सरकार प्रतिबद्ध छ : मन्त्री शाही

२०८१ माघ ३० गते बुधबार
सारांश
  • अध्यादेशमार्फत व्यवसायिक सुरक्षा र थप निजीकरणलाई उत्साहित बनाउने प्रयास भईरहेको भन्दै निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

काठमाडौं :  वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले नेपाल सरकारले लगानीकर्ताहरुलाई प्रोत्साहित गर्नका लागि थप योजनाहरु बनाई रहेको बताएका छन् । 


मुगुको छाँयानाथ रारा नगरपालिका–९ मुर्माटपमा एक्सपर्ट ग्रुप र रारा होल्डिङ्स प्रालिले निर्माण गर्न लागेको रारा रिसोर्ट शिलान्यास समारोहमा बोल्दै उनले अध्यादेशमार्फत व्यवसायिक सुरक्षा र थप निजीकरणलाई उत्साहित बनाउने प्रयास भईरहेको भन्दै निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका हुन् । 


उनले भने, ‘नेपाल सरकारले अब लगानीकर्ताहरुलाई सुरक्षा दिने र प्रोत्साहित गर्नका लागि थप योजना बनाई रहेको छ । वर्तमान सरकारले व्यवसायलाई बढावा र उत्साहित गर्नको लागि बैशाखमा लगानी सहजीकरण भए जस्तै भर्खरै पनि अध्यादेशका मार्फतबाट व्यवसायिक सुरक्षा र थप निजीकरणलाई उत्साहित बनाउने प्रयास गरेका छौँ । निजी क्षेत्र र लगानी सुरक्षित गर्नको लागि वर्तमान सरकार प्रतिबद्ध रहेको छ ।’


यसको साथै, रिसोर्टले कर्णालीको पर्यटन क्षेत्रमा नयाँ आधार स्थापना गरेको भन्दै यस्ता कार्यलाई सहज बनाउन ऐनहरु संशोधन गर्दै अगाडि बढ्नको लागि वर्तमान सरकार र मन्त्रालय प्रतिबद्ध भएर लागेको बताए ।


उनले भने, ‘यो रिसोर्टले कर्णालीको पर्यटन क्षेत्रमा एउटा नयाँ आधार स्थापित भएको छ ।  यस्तै प्रोजेक्टहरु सञ्चालन गर्नको लागि वन मन्त्रालयले भूमिका खेल्दै आएको छ र आगामी दिनमा यसलाई थप सहज बनाउनको लागि आवश्यक ऐनहरुको परिमार्जन गर्दै, ऐनहरु संशोधन गर्दै आगामी दिनमा वनलाई जनतासँग जोड्दै अगाडि बढ्नको लागि वर्तमान सरकार र मन्त्रालय प्रतिबद्ध भएर लागेको छ ।’


निजी क्षेत्रलाई विकासमा सहभागि गराउने राज्यले लिएको नीतिको फलस्वरुप रारा जस्तो विकट क्षेत्रमा पनि रिसोर्ट बनेको पनि उनको भनाई छ । 


उनले भने, ‘निजी क्षेत्रलाई जुन हिसाबले विकासमा सहभागि गराउने राज्यले नीति लियो । त्यस हिसाबले आज रारा जस्तो विकट क्षेत्रमा रिसोर्टको माध्यमबाट सेवा दिने उद्देश्य लिनुभयो त्यसले सकारात्मक रुप लिएको छ । त्यसको लागि धन्यवाद दिन चहान्छु । यसमा राजनीतिक रुपमा र सरकारले के सहयोग गरेर उहाँहरुको अभियानलाई पूरा गर्न सक्छौं । त्यता तिर सबैको ध्यान जान जरुरी छ ।’


        प्रतिवेदन तयार गर्ने पदाधिकारीहरुस्

१।    सहसचिव श्री डण्डुराज घिमिरे    –    संयोजक 
२।    उपसचिव श्री प्रविण कोइराला    –     सदस्य
३।    उपसचिव श्री गगन विष्‍ट    –     सदस्य 
४।    निर्देशक श्री गुरुदत्त सुवेदी, वैदेशिक रोजगार विभाग    –     सदस्य 
५।    निर्देशक श्री टिकाराम ढकाल, वै।रो।बोर्ड सचिवालय     –     सदस्य 
६।    निर्देशक श्री प्रकाश अधिकारी, श्रम तथा व्य।सु।विभाग    –     सदस्य 
७।    निर्देशक श्री उत्तमराज नेपाल, सामाजिक सुरक्षा कोष     –     सदस्य 
८।    निर्देशक श्री विन्दा आचार्य, रा।व्या।प्रशिक्षण प्रतिष्ठान    –     सदस्य 
९।    सूचना प्रविधि विज्ञ श्री सुदन प्रजापति    –     सदस्य 
१०।    उपसचिव श्री हुमनाथ पराजुली    –    सदस्य(सचिव

 

विषय(सूची

         विवरण                                  पाना नं।

खण्ड १स्    परिचय 
१।१    सूचना प्रविधिको प्रयोग र आन्तरिक रोजगार प्रवर्द्धनको आवश्यकता      १
१।२    वर्तमान श्रम बजारको समीक्षा       २
१।३    श्रम बजार सूचना प्रणालीको निर्माण       ३
१।४    स्थानीय तहबाट एकीकृत श्रम तथा रोजगार सेवा प्रवाह      ४
खण्ड २स्     मन्त्रालय मातहत रहेका सूचना प्रणालीहरुको एकीकरण     
२।१    मन्त्रालय मातहत सञ्चालनमा रहेका सूचना प्रणालीहरु      ५
२।२    मन्त्रालय मातहत रहेका सूचना प्रणालीहरुको एकीकरणको आवश्यकता       ६
२।३    स्वीस कन्ट्याक्टबाट सञ्चालनमा आएको श्रम संसार प्रणाली      ७
खण्ड ३स्     सूचना प्रणालीहरुको एकीकरण तथा विस्तारको आगामी कार्यदिशा 
३।१    दीर्घकालीन श्रम बजार सूचना प्रणालीको विकास      ९
३।२    नेमिस निर्माणमा निरन्तरता      ९
३।३    श्रम संसारलाई मन्त्रालय मातहत सञ्चालन गर्ने     १०
३।४    आगामी कार्यदिशा     १०
खण्ड ४स्    सुझाव तथा सिफारिस    १२
अनुसूची १स्      श्रम बजार सूचना प्रणालीको प्रारुपको प्रस्तुती                  
अनुसूची २स्      एकीकृत सूचना प्रणालीको प्रारुपको प्रस्तुती     

 

 

 

 

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार