सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडले
२०८१ माघ २० गते आईतवार
- आइतबार काठमाडौं आर्थिक पत्रकार संघले गरेको कार्यक्रममा बोल्दै उनले एकसाथ सरकारले छ वटा अध्यादेश ल्याएर २९–३० वटा कानुन संशोधन गरेर नीजि क्षेत्रको मनोबल बढाउने काम गरेको बताए ।
काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा सशक्त भूमिका खेल्ने बताएका छन् ।
आइतबार काठमाडौं आर्थिक पत्रकार संघले गरेको कार्यक्रममा बोल्दै उनले एकसाथ सरकारले छ वटा अध्यादेश ल्याएर २९–३० वटा कानुन संशोधन गरेर नीजि क्षेत्रको मनोबल बढाउने काम गरेको बताए ।
उनले भने,‘हामीमा जोश छ । आजभोलि नै चाहियो भन्ने मानसिकता छ । कुर्नै सक्दैनौं भन्ने खालको मनस्थिति छ । समस्या पुरानो छ समाधान तत्कालै चाहिएको छ । अहिले सरकारले अर्थतन्त्रमा देखिएको समस्याहरुको समाधान निम्ति नीतिगत सुधारमा जोड दिएको छ । सरकारले ल्याएको अध्यादेश जुन छ त्यो पनि नीतिगत सुधारको सशक्क्त पहल हो । अहिले सरकारले चाँडो र छोटो समस्या सम्बोधन गर्नुपर्छ भनेर अध्यादेश ल्याएको छ । यस खालको सुधार सरकारले गर्छ भनेर कसैले अनुमान गर्नुभएको थियो ?एकसाथ सरकारले ६ वटा अध्यादेश ल्याएर २९–३० वटा कानुन संशोधन गरेर निजी क्षेत्रको मनोबल बढाउने काम गरेको छौं ।’
त्यस्तै उनले करिब अघिल्लो वर्षको भुक्तानी सकेर कसैले ऋणपूर्वक भुक्तानी माग्छ भने उसले सहज ढंगले भुक्तानी पाउने अवस्था आइसकेको बताए ।
सार्वजनिक खरिद ऐन, वातावरण ऐन, वन ऐन जस्ता विषयहरुमा सामूहिक सुधार गरेर पुँजीगत खर्चको सामथ्र्यलाई बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
उनले भने,‘खासगरी जुन खालका कानुनी प्रवन्ध गरेका छौं । सार्वजनिक खरिद ऐन वातावरण ऐन, वन ऐनहरु छन् । त्यस्ता विषयहरुमा पनि सामूहिक सुधार गरेर पुँजीगत खर्चको सामथ्र्यलाई बढाउनुपर्ने आवश्यकता छ । नियमनका प्रवन्धहरुलाई पनि प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ । त्यसतर्फ पनि ध्यान दिनुपर्ने छ । हामी त्यसतर्फ ध्यान दिँदै छौं । आजको मितिमा आइपुग्दा करिब अघिल्लो वर्षको भुक्तानी सकेर कसैले ऋणपूर्वक भुक्तानी माग्छ भने उसले सहज ढंगले भुक्तानी पाउने र दिन सकिने त्यो अवस्था आइसकेका छौं । भुक्तानी दायित्व आजको भन्दा पनि हिजोको प्रसङ्ग थियो । तर पनि करिब आज त्यो दायित्व पूरा सरकार दायित्वबाट बाहिर निस्केको छ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
ग्यास अभाव बारे प्रधानमन्त्री कार्यालयमा छलफल
-
अमरेशको सरकारलाई प्रश्न- मधेसका घटनामा लाठीभन्दा पहिला गोली किन चल्छ ?
-
सुनसरी घटनाको छानबिन गर्न न्यायिक समिति गठन गर्न एमालेको माग
-
एक लाख घुससहित नुवाकोटम्यागङ गाउँपालिकाकाका सूचना प्रविधि अधिकृत पक्राउ
-
काँग्रेसले आन्दोलनरत पक्षसँग सरकारले गरेको सहमतिमा उठायो प्रश्न
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।