समाजवाद निर्माण गर्न नसकिए मलाई मृत्युदण्ड दिइयोस् : वामदेव गौतम
२०८१ माघ २० गते आईतवार
- मलाई मृत्युदण्ड दिइयोस् । यदी समाजवाद निर्माण गर्न सकिएन भने ।
काठमाडौं: राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालमा समाजवाद निर्माण गर्न नसकिए आफूलाई मृत्युदण्ड दिइयोस् भन्दै माग गरेका छन् ।
आइतबार राष्ट्रिय सभाको बैठकमा उनले समाजवाद र समाजवादको संरचना निर्माण गर्न सकिने भन्दै वर्ष तोकेर समाजवाद ल्याउन आफूलाई दाउमा राख्न तयार रहेको बताएका हुन् ।
उनले भने, ‘समाजवाद र समाजवादको संरचना निर्माण गर्न सकिन्छ । म आफूलाई दाउमा राख्न चाहन्छु । मलाई मृत्युदण्ड दिइयोस् । यदी समाजवाद निर्माण गर्न सकिएन भने । वर्ष तोकियोस् । यति वर्षमा तोकेर समाजवाद निर्माण गर्न सकिएन भने म मृत्युदण्डमा जान तयार छु ।’
पुँजीवादले समाजवाद जन्माउने भन्दै उनले समाजवाद निर्माण गर्न चाहने हो भने भर्खरै १४ सय खर्ब नेपाली रुपैयाँ निकालेर संरचना बनाउन सकिने बताए । त्यस्तै उनले १० वर्षभित्र नेपाललाई युरोपियन स्तरमा लैजान सकिने दाबी समेत गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।