कांग्रेस नेता बानियाँ र भारतका लागि नेपाली राजदुत डा.शर्माबीच छलफल

२०८१ माघ ९ गते बुधवार
सारांश
  • भारतको राजदुतावासमा बुधबार विहान भएको भेटमा भारतमा बसेर व्यवसाय गरिरहेका व्यवसायीहरुको समस्या र नेपालबाट स्वास्थ्य उपचारका लागि आउदा ब्योहोर्नुपरेका समस्या समाधानका बारेमा नेता बानियाँ र राजदुत डा. शर्माबीच छलफल भएको बानियाँको सचिवालयले जानकारी दिएको छ ।

नयाँदिल्ली :  नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ र भारतका लागि नेपाली राजदुत डाक्टर शंकर शर्माबीच भारतमा रहेका नेपालीहरुको विभिन्न समस्या र समाधानका विषयमा छलफल भएको छ ।


भारतको राजदुतावासमा बुधबार विहान भएको भेटमा भारतमा बसेर व्यवसाय गरिरहेका व्यवसायीहरुको समस्या र नेपालबाट स्वास्थ्य उपचारका लागि आउदा ब्योहोर्नुपरेका समस्या समाधानका बारेमा नेता बानियाँ र राजदुत डा. शर्माबीच छलफल भएको बानियाँको सचिवालयले जानकारी दिएको छ ।


पूर्व गृह राज्यमन्त्रीसमेत रहेका बानियाँले भारतमा कार्यरत नेपाली मजदुर, विभिन्न व्यवसाय गरी बसेका व्यवसायीहरुको उपचार, दुर्घटनामा परी घाईते तथा मृत्यु भएका परिवारले ब्यहोर्नुपर्ने झण्झटिलो प्रक्रियाको छिटो समाधानका उपाय र नेपालीहरुको स्वास्थ्य बीमाको प्रक्रिया बारेमा राजदुत शर्मासंग छलफल गरेका थिए । 


भारतका लागि नेपाली राजदुत डा. शर्माले दुई देशबीच गहिरो मित्रता रहेकाले भारत सरकारबाट नेपालीहरुको स्वास्थ्य उपचारमा आवश्यक सहयोग पाईरहेको र केही समस्या परेमा राजदुतावासमा सम्पर्क गर्नसमेत छलफलमा आग्रह गर्दै नेपाली ब्यवसायीहरुको विभिन्न समस्या समाधानका लागि भारत सरकारसंग आवश्यक समन्वय गर्ने बताए ।


राजदुतावासमा भएको छलफलमा नेता बानियाँसहित कांग्रेस बागमती प्रदेश कानूून तथा संसदीय मामिला विभाग प्रमूख सानुकान्छा श्रेष्ठ, राजदुतावासका सहसचिव सुरेन्द्र थापा, श्यामराज पाण्डे, अर्जुन धरेललगायत विरामीका आफन्त तथा व्यवसायीहरुको सहभागिता रहेको थियो । 


यसअघि नेता बानियाँले मंगलबार नयाँदिल्लीका विभिन्न अस्पतालमा उपचाररत नेपाली विरामी तथा आफन्तलाई भेटी उपचारमा परेका कठिनाईको बारेमा बुझ्दै समाधानका लागि नेपाल सरकारको परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदुतावाससंग छलफल तथा समन्वय गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार