चीनियाँ नयाँ बर्षको अवसरमा ठमेलमा परेड, एक चीन नीतिकाबारे चर्चा

२०८१ माघ ६ गते आईतबार
सारांश
  • चीनियाँ नयाँ बर्षको उपलक्ष्यमा काठमाडौंको ठमेलमा आइतबार आयोजित परेड कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष रानाले दुई देशबीचमा सुमधुर र समस्यारहित सम्बन्ध रहेकोले उच्च महत्व र प्राथमिकदा दिदैँ आएको धारणा राखेकी हुन् ।

काठमाडौं : उपसभामुख इन्दिरा रानाले नेपालले चीन संगको सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिदै आएको धारणा राखेकी छन् । 


चीनियाँ नयाँ बर्षको उपलक्ष्यमा काठमाडौंको ठमेलमा आइतबार आयोजित परेड कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष रानाले दुई देशबीचमा सुमधुर र समस्यारहित सम्बन्ध रहेकोले उच्च महत्व र प्राथमिकदा दिदैँ आएको धारणा राखेकी हुन् ।


‘नेपाल र चीनबीच घनिष्ठ, मैत्रीपूर्ण र ऐतिहासिक सम्बन्ध रहेको छ । हाम्रो सम्बन्धको जरा गहिरो  र बहुआयामिक छ,’ उनले भनिन्,‘हामी हाम्रा दुई देशबीचको सुमधुर र समस्यारहित सम्बन्धबाट धेरै खुसी छौं र हामी चीनसँगको सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिन्छौं।’


उपसभामुख रानाले नेपाल सधैं ‘एक चीन नीतिको बलियो समर्थक रहँदै आएको पनि दोहोर्याइन् । ‘नेपाल सधैं ‘एक चीन नीतिको बलियो समर्थक रहँदै आएको छ र भविष्यमा पनि यसमा प्रतिबद्ध रहनेछ। नेपाली भूमिको दुरुपयोग गरी चीनविरुद्धको कुनै पनि गतिविधि हुन नदिने हाम्रो नीति र प्रतिबद्धतामा हामी दृढ छौं,’ उनको भनाई थियो ।


नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति चीनले गरेको निःशर्त सम्मानको नेपालले सधै कदर गर्ने पनि उपसभामुख रानाले बताइन् ।


दुई देशले उच्चस्तरीय भ्रमण र कार्यक्रमहरूको नियमित आदानप्रदानबाट द्विपक्षीय सम्बन्धमा ऐतिहासिक प्रगति र गतिशीलता हासिल गरेको चर्चा गर्दै  उपसभामुख रानाले औपचारिक भ्रमणका क्रममा भएका महत्वपूर्ण निर्णय र सहमतिहरूले द्विपक्षीय सम्बन्ध र सहयोगमा नयाँ गतिशीलता ल्याउने बिश्वास पनि ब्यक्त गरिन् । उनले चिनियाँ परम्परा अनुसार सर्पले बुद्धि र अनुकूलन क्षमताको प्रतीक भएकाले यो नयाँ वर्षले सबैका लागि थप प्रगति र समृद्धि ल्याउने विश्वास लिएको पनि बताइन् ।


अर्को प्रसंगमा उपसभामुख रानाले  चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बीचको सम्पर्क विस्तारका लागि ट्रान्स हिमालयन प्लेटफर्मको कार्यान्वयनलाई तीव्रता दिन चाहेको धारणा राखिन् । 


चीनका राजदुत छङ सोङले नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव र चिनियाँ नयाँ वर्ष मनाउने क्रममा आयोजित परेडले विशेष महत्व राखेको बताउँदै यसले दुई देशबीचको घनिष्ठ र निरन्तर बढ्दै गइरहेको सम्बन्धलाई अगाडि बढाउन उत्कृष्ट अवसर बन्ने बिश्वास ब्यक्त गरे । सो अवसरमा चीन र नेपालका बिबिध संस्कृति झल्कने प्रस्तुति पनि देखाइएको थियो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार