वैदेशिक रोजगारमा विदेश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१ पुष ५ गते शुक्रवार
- उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
काठमाडौं: प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका–० कमलविनायक बस्ने ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र रूपन्देही बुटवल उपमहानगरपालिका–१३ नयाँगाउँ ठेगाना भई काठमाडौं टोखा नगरपालिका–६ ग्राण्डी बस्ने ३७ वर्षीय बुद्धि बहादुर बस्याल रहेका छन् ।
पक्राउ मध्ये ज्वालारामले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र बुद्धि बहादुरले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ज्वालारामलाई काठमाडौं बागबजारबाट र बुद्धि बहादुरलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’