- मर्दी हिमाल आरोहण गरेर फर्कने क्रममा लडेर पर्यटक गाइड (पथ प्रदर्शक) बेपत्ता भएका छन् ।
पोखरा- मर्दी हिमाल आरोहण गरेर फर्कने क्रममा लडेर पर्यटक गाइड (पथ प्रदर्शक) बेपत्ता भएका छन् । नर्वेका नागरिकसँग हिमाल चढ्न सहयोगीका रुपमा गएका नुवाकोट काल्चेका ६२ वर्षीय लालबहादुर तामाङ बेपत्ता भएका हुन् ।
उनी आइतबार दिउँसो हिमाल आरोहण पूरा गरेर फर्कने क्रममा दिउँसो साढे २ बजे लडेर बेपत्ता भएको वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) ले बताए ।
हिमाल आरोही नर्वेका नागरिकले हाइक्याम्प आएर साँझ ८ बजे गाइड वेपत्ता भएको स्थानीय पर्यटन व्यवसायीलाई जानकारी गराएका थिए ।
‘लालबहादुर करिब ८ सय मिटर तल खसेको छ । उनी लढेको ठाउँमा रगत लत्तपतिएको देखिन्छ’, आरोहीको भनाइलाई उदृत गर्दै वडाध्यक्ष क्षेत्रीले भने ।
वेपत्ता भएका लालबहादुरको मृत्यु भएको आशंका गरिएको छ । उद्धारका लागि होलिकोप्टर बिना सम्भव नरहेको क्षेत्रीको भनाइ छ ।
उनीहरु हिमाल चढ्नलाई शुक्रबार हाइक्याम्पबाट मर्दी हिमालतर्फ लागेका थिए । वडाध्यक्ष क्षेत्रीका अनुसार उनीहरु सनराइज कम्पनी काठमाडौंमार्फत आएका हुन् ।
टोलीमा हिमाल आरोहणका लागि आएका नर्वेका नागरिक एक जना र नेपाली ४ जना थिए । वेपत्ताको खोजीका लागि कम्पनीसँग पनि समन्वय भइरहेको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।