नारायणगढ-मुग्लिन सडकखण्डमा बस र माइक्रोबस ठोक्किए, चार जनाको मृत्यु
२०८१ कार्तिक २३, शुक्रबार
- नारायणगढ-मुग्लिन सडक खण्डमा इलेक्ट्रिक हाइस र बस ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।
चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा इलेक्ट्रिक हाइस र बस ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ३ बजे भरतपुर महानगर २९, मा पर्ने सत्रकिलोमा मुग्लिन तर्फबाट नारायणगढतिर आउँदै गरेको बा.प्र. ०६–००१ज ०२९८ नं.को ई.भि. हाइस र नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नं. को बस एक आपसमा ठक्कर खाएको थियो ।
घटनामा गम्भीर भएका चार जनाको मृत्यु भएको र बाँकी दुई जनाको गम्भीर अवस्थामा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरूमा हायसमा यात्रा गरेका गोर्खा आरुघाट १ मान्बु बस्ने ४२ वर्षका राज बहादुर गुरुङ हाईस चालक हाल नाम थर वतन नखुलेको वर्ष ४५ को पुरुष, हाईसमा सवार नामथर वतन नखुलेकी अन्दाजी ४० जतिकी महिला र हाईसमा सवार नामथर नखुलेको अन्दाजी ३२ वर्षका पुरुष रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको गम्भीर अवस्थामा उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
-
नारापास–हिल्सा सडक खुलाउन काम तीव्र, तीन दिनभित्र सञ्चालन गर्ने लक्ष्य
-
काँग्रेसले खुलामञ्चको संरचनाको मर्मत ४५ दिनभित्र गर्ने
-
जेलिन्स्कीभन्दा पुटिनसँग वार्ता गर्न सजिलो छ- ट्रम्प
-
जापानमा ९.९ म्याग्निच्युडको भूकम्प आउने भन्दै गलत चेतावनी, १२ मिनेटपछि फिर्ता
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’