- यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै रु ७३ करोडबराबरको क्षति भएको छ ।
यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै रु ७३ करोडबराबरको क्षति भएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार अविरल वर्षाका कारण रु ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति भएको हो ।
क्षति भएकामध्ये पश्चिम नेपाल यातायात बस व्यवसायी प्रालिको रु ११ करोड ८८ लाख ८० हजार, नमस्ते नेपाल यातायात व्यवसायी प्रालिको रु दुई करोड ८५ लाख, गोरखा दरौँदी यातायात सेवा कम्पनीको रु ६० लाख बराबरको क्षति भएको महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।
यस्तै, बाग्मती टिपर व्यवसायी सङ्घको रु २७ करोड, नेपाल ट्रक टिपर व्यवसायी सङ्घको रु २० करोड, महाकाली व्यवसायी बहुउदेश्यीय कम्पनी प्रालिको रु छ करोड ६५ लाख र रसुवागढी नाकामा रु चार करोड बराबरको क्षति भएको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमले देशभर सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरेर बुधबार गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा बुझाइएको जानकारी दिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।