- शुक्रबार बिहान ना ४ ख २२७० नम्बरको दरौदी यातायात सेवा कम्पनीको बस काठमाडौंका लागि छुटेको बस बेपत्ता भएको छ।
शुक्रबार बिहान ना ४ ख २२७० नम्बरको दरौदी यातायात सेवा कम्पनीको बस काठमाडौंका लागि छुटेको बस बेपत्ता भएको छ।
धार्चे गाउँपालिका- ७ लापुबेंसीबाट बिहान ७ बजेपछि काठमाडौंका लागि छुटेको बस यात्रुसहित बेपत्ता भएको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठका अनुसार सुरुमा ४ जना यात्रु चढेको प्रहरीले विवरण छ।
‘त्यसपछि कति जना चढे कुनै जानकारी छैन। बेपत्ता भएपछि खोजी कार्य भइरहेको छ,’ उनले भने। दरौदी यातायात प्रालीले पनि बसको खोजीका लागि आग्रह गरेको छ।
नियमित काठमाडौं ओहोरदोहोर गर्ने बसका चालक सहचालकसमेत सम्पर्कमा नरहेको उनले सुनाए। डिएसपी श्रेष्ठले भने,’पहिरोमा परेको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छौं।’
पृथ्वी राजमार्गको नौबिसे-नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा पुरिएको अवस्थामा बसको निकाल्ने प्रायस भइरहेको छ।
नम्बरप्लेटसमेत नदेखिएकाले गोरखाबाट छुटेर हराइरहेको बस हुन सक्ने आशंका गरिएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधान सेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
-
गृहमन्त्री गुरुङको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता
-
विद्युत् व्यापारमा निजी क्षेत्र भित्र्याउने तयारी, नीतिगत व्यवस्था अन्तिम चरणमा
-
राष्ट्रपति पौडेलसमक्ष इन्डोनेसिया र युरोपेली सङ्घका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
-
६ महिनामा ऊर्जा प्रसारण क्षमता वृद्धि, सिँचाइ विस्तार र बाढी पूर्वसूचनामा सुधारको दाबि
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’