- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि क्याथ ल्याब सेवा सुरु भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा उक्त सेवाको उद्घाटन गरेकी हुन् ।
दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि क्याथ ल्याब सेवा सुरु भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका अवसरमा उक्त सेवाको उद्घाटन गरेकी हुन् ।
क्याथ ल्याब सेवा सञ्चालनमा आएसँगै दाङसहित आसपासका जिल्लाका नागरिकलाई मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
सेवा उद्घाटन गर्दै मन्त्री मेहताले क्याथ ल्याब सञ्चालनले यस क्षेत्रको स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान पुर्याउने बताएकी छन् । उनले प्रतिष्ठानको सेवालाई थप प्रभावकारी, गुणस्तरीय र जनमुखी बनाउँदै नागरिकलाई आफ्नै क्षेत्रमा सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिएकी छन् ।
कार्यक्रममा प्रतिष्ठानलाई ४०० शय्याको अस्पतालका रूपमा विकास गर्ने विषयमा समेत छलफल भएको थियो । मन्त्री मेहताले प्रतिष्ठानको सेवा विस्तार तथा स्तरोन्नतिका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
क्याथ ल्याब सेवा सञ्चालनसँगै मुटुसम्बन्धी परीक्षण तथा उपचारका लागि अन्यत्र जानुपर्ने बिरामीको समय र खर्च कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
परराष्ट्रमन्त्री खनालको न्युयोर्क भ्रमण: ८० भन्दा बढी बैठक, कूटनीतिक विस्तार र जलवायु न्यायको एजेन्डा
परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघ महासभाको ८१औं अधिवेशनका क्रममा न्युयोर्कमा सेप्टेम्बर २० देखि ३० सम्म व्यस्त कूटनीतिक गतिविधि सम्पन्न गरे ।