सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन गरिने

१५ असोज, २०८३, बिहिवार
सारांश
  • सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने औषधि उत्पादन बढाउन जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपयोगसम्बन्धी कार्ययोजना बनाउन कार्यदल गठन गरिने भएको छ ।

काठमाडौं  : सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने औषधि उत्पादन बढाउन जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपयोगसम्बन्धी कार्ययोजना बनाउन कार्यदल गठन गरिने भएको छ ।

 

प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा भएको छलफलपछि समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीको संयोजकत्वमा विज्ञ टोलीसहितको कार्यदल गठन गर्ने निर्णय भएको हो ।

 

कार्यदलले तीन महिनाभित्र कार्यान्वयनयोग्य कार्ययोजना र वैद्यखानाको विकासको खाका तयार गर्नेछ । तत्काल उपलब्ध जडीबुटीको अधिकतम उपयोग गरी औषधिको उत्पादन बढाउने तथा भविष्यमा विदेशमा समेत निर्यात गर्ने गरी काम अघि बढाउने निर्णय भएको छ ।

 

छलफलमा जडीबुटी संकलनमा देखिएका कानुनी तथा व्यावहारिक समस्या समाधान, सम्बन्धित निकायबीच समन्वय र किसानसँग सहकार्य गरी जडीबुटी उत्पादन बढाउने विषयमा समेत जोड दिइएको थियो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार