- गर्मीमा धेरै चिसो पानी पिउँदा तुरुन्त राहत मिल्ने भए पनि यसले घाँटी दुख्ने, टाउको दुख्ने वा पाचन समस्या निम्त्याउन सक्ने जोखिम हुन्छ । त्यसैले सामान्य वा हल्का चिसो पानी पिउनु सुरक्षित विकल्प मानिन्छ ।
काठमाण्डौ, १९ वैशाख । गर्मी बढेसँगै शरीरमा पानीको आवश्यकता पनि उल्लेख्य रूपमा बढ्ने गरेको छ । चर्को घाम, पसिना र तापक्रम वृद्धिका कारण शरीरमा पानीको कमी हुने जोखिम उच्च रहने चिकित्सकहरू बताउछन् ।
यस्तो अवस्थामा धेरै मानिसले बढी पानी पिउनु नै पर्याप्त ठान्छन् । तर स्वास्थ्यविद्हरूका अनुसार पानीको मात्रा मात्र होइन, पिउने तरिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । एकैपटक धेरै पानी पिउँदा शरीरले त्यसलाई पूर्ण रूपमा उपयोग गर्न नसक्ने र छिट्टै बाहिर निकाल्ने गर्छ । बरु दिनभर थोरै-थोरै गरेर पानी पिउँदा शरीरले राम्रोसँग सोस्ने र लामो समयसम्म पानीको सन्तुलन कायम रहने बताइन्छ ।
बिहान उठ्नेबित्तिकै खाली पेट एकदेखि दुई गिलास पानी पिउनु लाभदायक मानिन्छ । यसले शरीरभित्र सफाइ गर्न मद्दत गर्नुका साथै पाचन प्रक्रियालाई सक्रिय बनाउने हुँदा दिनभर शरीर ऊर्जावान रहने चिकित्सकहरूको भनाइ छ ।खाना खाने बेलामा वा तुरुन्तपछि पानी पिउनु उपयुक्त नहुने बताइन्छ । यसले पाचन प्रक्रियामा असर पार्न सक्छ । त्यसैले खाना खाएको करिब आधा घण्टापछि पानी पिउनु राम्रो मानिन्छ ।
गर्मीमा धेरै चिसो पानी पिउँदा तुरुन्त राहत मिल्ने भए पनि यसले घाँटी दुख्ने, टाउको दुख्ने वा पाचन समस्या निम्त्याउन सक्ने जोखिम हुन्छ । त्यसैले सामान्य वा हल्का चिसो पानी पिउनु सुरक्षित विकल्प मानिन्छ ।
प्यास लागेपछि मात्र पानी पिउने बानी पनि ठीक नहुने चिकित्सकहरू बताउँछन् । प्यास लाग्दा शरीरमा पानीको कमी सुरु भइसकेको हुन्छ । त्यसैले समय-समयमा पानी पिउँदै रहनु उपयुक्त हुन्छ । साथै नरिवल पानी, कागती पानी र मठ्ठाजस्ता प्राकृतिक पेय पदार्थले पनि शरीरलाई सन्तुलित राख्न सहयोग पुर्याउने जनाइएको छ ।
(यो सामग्री विभिन्न स्वास्थ्यसम्बन्धी अध्ययन तथा जानकारीका आधारमा तयार गरिएको हो ।)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
विश्वकपमा निजी लगानीकर्ता भित्र्याउने योजनामा विवाद, युरोपको बहिष्कार गर्ने चेतावनी
-
ट्रम्पको ‘शान्ति बोर्ड’ योजनामा हमास सहमत, निशस्त्रीकरण हुन तयार
-
कुवेत आक्रमणमा नेपालीको मृत्युप्रति नेपाल सरकारद्वारा कडा निन्दा
-
गृहमन्त्री र सुनसरी घटनाका मृतक परिवारबीच ७ बुँदे सहमति
-
राष्ट्रिय सभा बैठक आज बस्दै, यस्तो छ कार्यसुची
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।