स्वास्थ्य बिमामा निर्णायक कदम चाल्ने बेला आएको छः स्वास्थ्य मन्त्री गौतम

२०८२ पुष २१ सोमवार
सारांश
  • उनले वर्तमान सरकारले बिमा, औषधी र आपूर्ती तीन विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि जानकारी गराएकी छन् ।

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले स्वास्थ्य बिमाको विषयमा एउटा निर्णायक कदम चाल्नु पर्ने अवस्था रहेको बताएकी छन् ।


सोमबार काठमाडौंमा आयोजित वित्तिय व्यवस्थापन सम्बन्धी गोष्ठि कार्यक्रममा उनले स्वास्थ्य बिमा धेरै नै गार्हो अवस्थामा रहेको र करोडांै रुपैयाँको भुक्तानी बाँकी रहेको भन्दै यस विषयमा एउटा निर्णायक कदम नचाले बिमा कार्यक्रम अगाडि बढ्न नसक्ने बताईन् ।


उनले वर्तमान सरकारले बिमा, औषधी र आपूर्ती तीन विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि जानकारी गराएकी छन् ।


उनले भनिन्, ‘अहिले यो सरकारको प्राथमिकतामा तीन वटा कुरा राखेका छौ, त्यसमा बिमा, औषधी र आपूर्ती रहेको छ । बिमाको विषयमा एउटा निर्णायक कदम नचाल्ने हो भने बिमा ठिक तरिकाले चलि रहेको छैन्, धेरै नै गाह्रो अवस्था छ । करोडांैको भुक्तानी बाँकी छ ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार