पछिल्लो नौ वर्षमा एड्सबाट हुने मृत्युदरमा ६२ प्रतिशतले कमी
२०८२ मङ्सिर १५ सोमवार
- डब्लुएचओका अनुसार एआरटिको पहुँच र सेवा विस्तारका कारण सन २०१५ देखि २०२४ सम्म एड्स सम्बन्धी रोगबाट हुने मृत्युदरमा ६२ प्रतिशतले कमी आएको हो भने नयाँ संक्रमण ३२ प्रतिशतले कम भएको छ ।
काठमाडौं : एड्स रोग नियन्त्रण गर्न प्रयोग गरिने औषधी एआरटिको प्रयोगका कारण पछिल्लो नौ वर्षमा एड्स रोगबाट हुने मृत्युदर ६२ प्रतिशतले कम भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।
डब्लुएचओका अनुसार एआरटिको पहुँच र सेवा विस्तारका कारण सन २०१५ देखि २०२४ सम्म एड्स सम्बन्धी रोगबाट हुने मृत्युदरमा ६२ प्रतिशतले कमी आएको हो भने नयाँ संक्रमण ३२ प्रतिशतले कम भएको छ ।
हाल एचआईभी भएका व्यक्तिहरूमध्ये ८५ प्रतिशतले आफ्नो अवस्था थाहा पाएका छन् । जस मध्ये ७४ प्रतिशत (करिब २.७ मिलियन) उपचारमा छन् र ७२ प्रतिशतले भाइरल दमन हासिल गरेका छन् । तर, यी प्रगतिहरू विश्वव्यापी ‘९५–९५–९५’ लक्ष्यसम्म पुग्न अझै पर्याप्त छैन ।
डब्लुएचओका अनुसार दक्षिण–पूर्व एसिया क्षेत्रमा एचआइभीको बोझ अझै उच्च छ । गत वर्ष ८८,००० नयाँ संक्रमण भएका थिए भने करिब ५०,००० व्यक्तिको एचआइभी सम्बन्धी रोगका कारणले मृत्यु भयो । वर्तमानमा करिब ३.५ मिलियन मानिस एचआइभी सँग जीवन यापन गरिरहेका छन् ।
यी चुनौतीहरू हेपाटाइटिस बी (४२ मिलियन), हेपाटाइटिस सी (७ मिलियन) र यौन संक्रमण (६० मिलियन) का साथ थप जटिल बनेका छन् । संवेदनशील समूहहरू विशेष गरी जोखिममा छन् । पुरुष–पुरुष यौन सम्पर्क गर्ने, औषधि सुई प्रयोग गर्ने, ट्रान्सजेन्डर र सेक्स कामदार तथा उनीहरूको साझेदारहरूको एचआइभी संक्रमण दर उच्च रहेको छ । १५–२४ वर्षका युवाहरूले नयाँ संक्रमणको करिब एक चौथाइ हिस्सा ओगटेका छन् ।
हाल २६,००० गर्भवती महिलाले ८८ प्रतिशत एचाभी प्राप्त गरेका छन्, तर राष्ट्रिय स्तरमा पहुँच ७१ प्रशान्त देखि ९८ प्रतिशत सम्म फरक छ । ६९,००० बालबालिकामा ९३ प्रतिशथले एआरटि पाएका छन्, तर देश अनुसार उपचार पहुँच ६७ प्रतिशत देखि ९८ प्रतिशत सम्म फरक रहेको छ । एएनआई
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
-
जियो प्लेटफर्मको भारतकै ठुलो आइपीओ स्वीकृति
-
नेपाल क्रिकेट संघको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख सहयोग
-
आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।