बाजुरा अस्पतालमा जिवनजल अभाव हुँदा विरामीलाई सास्ती
२०८२ कार्त्तिक ११ मङ्गलवार
- झाडापखालाका बिरामीका लागि अत्यावश्यक मानिने ओआरएस (जिवनजल)को अभाव हुँदा विरामीहरुलाई सास्ती हुने गरेको छ । निःशुल्क रूपमा वितरण हुँदै आएको जीवनजलको आपूर्ति रोकिएपछि उपचारका लागि आएका बिरामीहरू महिनौँ देखि समस्यामा परेका छन् ।
बाजुरा :जिल्ला अस्पताल बाजुरामा महिनौँ देखि जिवनजलको अभाव हुँदा विरामीलाई सास्ती भएको छ । असोज पहिलो साताबाट सकिएको जिवनजल कार्तिक दोस्रो सातासम्म पनि पुग्न सकेको छैन् ।
झाडापखालाका बिरामीका लागि अत्यावश्यक मानिने ओआरएस (जिवनजल)को अभाव हुँदा विरामीहरुलाई सास्ती हुने गरेको छ । निःशुल्क रूपमा वितरण हुँदै आएको जीवनजलको आपूर्ति रोकिएपछि उपचारका लागि आएका बिरामीहरू महिनौँ देखि समस्यामा परेका छन् ।
झाडापखाला लागेको बेला शरीरको पानी सन्तुलन राख्न प्रयोग गरिने जीवनजल अस्पतालमा महिनौँसम्म नआउँदा बिरामीले बाहिर मेडिकलबाट महङ्गो रुपैयाँमा किनेर लिने गरेका छन् ।
अस्पतालमा लामोसमयसम्म जिवनजल नहुँदा बिरामीहरुले सास्ती खेप्नु परेको बडीमालिका नगरपालिका वडा.नम्बर ७ का स्थानीय मेघराज तिमिल्सेनाले बताए ।अस्पतालमा जिवनजल नहुँदा बिरामीहरुले बाहिर मेडिकलबाट महङ्गोमा किनेर लिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
जतिसक्दो चाँडो जिवनजल आपुर्ती गरेको खण्डमा आफू जस्तैः अन्य विरामीलाई सहज हुने उनले बताएका छन् । यता अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार नयाँ खरिद प्रक्रियामा ढिलाई हुँदा जिवनजल समयमै उपलब्ध हुन नसकेको बताएका छन् ।
जिवनजल खरिदको लागी टेन्डर खुलिसकेको र एक दुई दिनमै मुल्यांकन समितिबाट मुल्यांकन गरि कुन कम्पनीको टेन्डर पर्याे उक्त कम्पनीलाई सम्झौता अनुसार काम गर्न लगाई खरिद प्रक्रिया गरिने बताएका छन् । कार्तिक महिना भित्रै जिवनजल खरिद गरिने उनको भनाइ छ ।
औषधि खरिदका लागि बजेटको पनि अभाव हुने गरेको अस्पतालले जनाएको छ। सरकारले निः शुल्क औंषधी वितरणको लागी कम रकम दिने हुँदा रकम अभावले नै औंषधी खरिदमा समस्या हुने गरेको हो । यस आर्थिक बर्षमा ९८ प्रकारका निः शुल्क औंषधीको लागी २६ लाख रकम हालेको भए पनि उक्त रकमले औंषधी खरिदमा अपुग हुने गरेको अस्पताल जनाएको छ ।
जिवनजल अभाब हुदा झाडापखाला र जलवियोजनका बिरामीले जिवनजल निजि अस्पताल बाट किनेर खानुपर्ने बाध्यता छ । अस्पतालमा ९८ प्रकारका औषधि निशुल्क बिरामीलाई दिनुपर्ने रहेको छ । निःशुल्क औषधि अन्तर्गत जिवनजल अति आबश्यक पर्ने अन्तर्गत पर्ने गरेको छ । तर अस्पताल बाजुरामा महिनौ सम्म पनि जिवनजल नहुदाँ झाडापखालाका विरामीलाई समस्या हुँदै आएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।