- शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले कक्षा ६ देखि १० सम्म अध्यनरत छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरसम्मका १४ लाख ३५ हजार ६ सय ८९ जना किशोरीहरुलाई खोप प्रदान गरिसकेको जानकारी गराएका हुन् ।
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशव्यापी रुपमा सञ्चालन गरेको एचपीभी खोप अभियानमा हालसम्म १४ लाख ३५ हजार ६ सय ८९ जना किशोरीहरुलाई खोप प्रदान गरिएको छ ।
शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले कक्षा ६ देखि १० सम्म अध्यनरत छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरसम्मका १४ लाख ३५ हजार ६ सय ८९ जना किशोरीहरुलाई खोप प्रदान गरिसकेको जानकारी गराएका हुन् ।
उनले भने, ‘स्वास्थ्य मन्त्रालयले देशव्यापी रुपमा सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियानमा हालसम्म कक्षा ६ देखि १० सम्म अध्यनरत छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरसम्मका १४ लाख ३५ हजार ६ सय ८९ जना किशोरीहरुलाई खोप प्रदान गरिसकेको छ । यो कुल लक्ष्यको ९२ प्रतिशत हो ।’
यसको साथै, उनले मनाङ्, मुस्ताङ्, हुम्ला र डोल्पा जिल्लामा प्रतिकुल मौसमका कारण निर्धारित तालिका अनुसार खोप अभियान सञ्चालन गर्न नसकेको भन्दै मनाङ्, मुस्ताङ र हुम्लामा फागुन १८ गते र डोल्पामा फागुन २२ गतेदेखि खोप अभियान सञ्चालन हुने जानकारी दिएका छन् ।
यस्तै, उनले फागुन महिनाभर नसर्ने रोगहरुको रोगथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन भइरहेको र त्यसको लागि स्थानिय तहद्वारा सञ्चालित स्वास्थ्य संस्थामा जान पनि आग्रह गरेका छन् ।
उनले भने, ‘फागुन महिनाभर नसर्ने रोगहरुको रोगथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन भइरहेको छ । यस अभियानमा ३० वर्ष माथिका सम्पूर्ण नागरिकहरु आफूलाई सुहाउने स्थानीय तहद्वारा सञ्चालित स्वास्थ्य संस्थामा गई मधुमेह जाँच, रक्तचाप मापन, मृगौला सम्बन्धी रोगको जाँच र बिएम्आईको मापन गरि आफ्नो स्वास्थ्यको बारेमा जानकार रहन पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अपिल गर्दछ ।’
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।