जुम्लामा १०२८ जनाले पाए घरदैलो निःशुल्क स्वास्थ्य सेवा
२०८१ फागुन ०६ मंगलवार
- १० जना चेकजाच गराउन आएका नागरिकको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रेफर गरिएको छ ।
मुगु: कर्णाली प्रदेशको जुम्लाको हिमा गाउँपालिका–५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुमा सञ्चालित तीन दिने निशुल्क स्वास्थ्य शिवरमा एक हजार २८ जनाले सेवा लिएका छन् ।
हिमा गाउँपालिकाको आयोजना र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, सुर्खेतको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा हिमा, सिंन्जा गाँउपालिका र कालीकोटको नाग्मामा बस्ने नागरिकले सेवा लिएका हुन् ।
फागुन ३–४ गतेसम्म सञ्चालित शिविरमा महिला ७०९ जना र पुरुष ३१९ जनाले सेवा लिएको हिमा गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द भण्डारीले बताए ।
स्वास्थ्य शाखा प्रमुख भण्डारीका अनुसार स्त्री तथा प्रसुति, हाडजोर्नी, नाक कान, घाटी, रेडियोलोजी, मानसिक, छाला र बाल रोगलगायत अन्य सेवाका २१ जना विशेषज्ञ चिकित्सकले सेवा दिएका समेत बताएका छन् ।
१० जना चेकजाच गराउन आएका नागरिकको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रेफर गरिएको छ ।
दुई दिने शिविर सम्पन्न पश्चात बाँकी औषधि तथा अन्य सामग्री प्राथमिकता स्वास्थ्य केन्द्र कालीका खेतुमा हस्तान्तरण गरिएको हँुदा आउदा दिनमा यस केन्द्रमा उपचार गराउन आउने नागरिकको लागि राहत हुने समेत बताएका छन ।
नागरिकको घरदैलोमै दुई दर्जन विशेषज्ञ चिकित्सकको उपस्थितिमा निशुल्क स्वास्थ्य शिविरमार्फत विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्नको लागि कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालय धेरै पटक पहल गर्दा शिबिर सन्चालनमा पालिकाको आयोजना र कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोगमा पालिकाा भित्र रहेका नागरिकहरुको केही स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनको शिबिर सन्चालन गरिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले बताए ।
निशुल्क स्वास्थ्य शिबिरमा वाथरोग, हाडर्जोर्न, ग्याष्टिक ,महिलाको लल्लो पेट दुख्ने, दम, आँखा, दात, कान, पाइल्स सम्बन्धिका बढी बिरामीहरु भेटिएको कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयमा डाक्टर लक्ष्मी नारायण तिवारीले बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
एमसीसी परियोजनाको कार्यान्वयन अवधि एक वर्ष थप्ने सरकारको निर्णय, थप खर्च नलाग्ने
-
दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्ने
-
आन्दोलन र जनताबीच सम्बन्ध जोड्ने सेतुका रूपमा जागरण अभियान गर्दैछौं- प्रचण्ड
-
‘इनम प्रकरण’ मा निष्पक्ष छानबिन गर्न संसद् अग्रसर हुनुपर्छ- विश्वप्रकाश शर्मा
-
सानेपाको विवादमा देउवा समूहको जवाफ– कांग्रेसको नाममा महाधिवेशन रोक्न कसैलाई अधिकार छैन
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।