सात वर्षका वालकले गरे क्यान्सर पीडितलाई आर्थिक सहयोग
२०८१ माघ २० गते आईतवार
- आजबाट सात वर्षमा लागेका अंशले हाडी गाउँ बस्ने बैतडीकी ब्लड क्यान्सर रोगबाट ग्रसित २४ वर्षकी भण्डारीलाई आर्थिक सहयोग गरेका हुन् ।
काठमाडौं : न्युजिल्याण्डमा रहेका नेपाली मुलका अंश अधिकारीले जन्मदिनको अवसरमा ब्लड क्यान्सरकी बिरामी चन्द्रकला भण्डारीलाई आर्थिक सहयोग गरेका छन् ।
आजबाट सात वर्षमा लागेका अंशले हाडी गाउँ बस्ने बैतडीकी ब्लड क्यान्सर रोगबाट ग्रसित २४ वर्षकी भण्डारीलाई आर्थिक सहयोग गरेका हुन् ।
न्युजिल्याण्डमा नै जन्मिएका अंशले आफ्नो हरेक जन्मदिनको अवसरमा केही न केही सहयोग असहायहरुलाई गर्दै आएकोमा यस वर्ष ब्लड क्यान्सरजस्तो गम्भिर रोगसँग जुधिरहेकी चन्द्रकलालाई सहयोग गरेका हुन् ।
ब्लड क्यान्सर भएको करिब ६ महिनाको समयमा चन्द्रकलाको करिब १६ लाख रुपैयाँ उपचारमा खर्च भइसकेको र आर्थिक समस्या भएका कारण उनले सहयोगको अपिल गरेको अंश र उनका बाबु डाक्टर रमिल अधिकारीले थाहा पाएपछि उक्त रकम न्युजिल्याण्डबाट पठाइदिएका हुन् ।
चन्द्रकलाको अहिले हात समेत चल्न छाडेको छ । टिचिङ अस्पतालमा उपचार गरिरहेकी उनले आर्थिक समस्याका कारण कोठामा बसिरहनु परेको छ । अंशले गतवर्ष काठमाडौँको मुलपानीमा रहेको स्नेहा बाल आश्रमका लागि आर्थिक सहयोग गरेका थिए ।
कलाकार सुलेमान शंकर इकुले संचालनमा ल्याएको बाल आश्रममा रहेका अनाथ र असहाय बालबालिकाहरुका लागि भनेर सहयोग गरेका थिए । अंश र उनका बाबु रमिलले २४ वर्षकी चन्द्रकलाले भोग्नु परेको नियती कसैले भोग्नु नपरोस् भन्दै भगवानसँग कामना गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।