धनुषामा ५६ हजार २ सय ८२ जनालाई एचपीभी खोप लगाउने तयारी
२०८१ माघ १९ गते शनिबार
- जिल्लाका ५ सय ४२ खोप केन्द्रमार्फत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई सो खोप दिने तयारी रहेको स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले जानकारी दिएका छन् ।
जनकपुर : धनुषाका ५६ हजार २ सय ८२ जनालाई एचपीभी खोप (पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप) दिइने भएको छ ।
जिल्लाका ५ सय ४२ खोप केन्द्रमार्फत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई सो खोप दिने तयारी रहेको स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले जानकारी दिएका छन् ।
शनिबार जनकपुरधाममा आयोजित एचपीभी खोप सम्बन्धी संचारकर्मीहरुसँगको अभिमुखिकरण कार्यक्रममा प्रमुख यादवले जिल्लामा माघ २३ गतेदेखि पहिलो चरणको खोप अभियान संचालन गरिने जानकारी दिए ।
पहिलो चरणमा जनकपुरधाम उपमहानगरपालिका, मुखियापपट्टी मुसहरनियाँ गाउँपालिका, नगराइन नगरपालिका, हंसपुर नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका, बटेश्वर गाउँपालिका, मिथिला नगरपालिका र गणेशमान चारनाथ नगरपालिकामा खोप अभियान संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय धनुषाका खोप फोकल पर्सन रामविनेही यादवले बताए ।
दोश्रो चरणमा धनौजी गाउँपालिका, औरही गाउँपालिका, विदेह नगरपालिका, कमला नगरपालिका, शहीदनगर नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका र मिथिला बिहारी नगरपालिकामा एचपीभी खोप लगाउने तयारी रहेको छ । फागुन १ देखि ६ गतेसम्म जिल्लामा दोश्रो चरणको खोप अभियान संचालन गरिने स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए ।
नेपालमा दैनिक औसत ४ जनाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको पाइएको छ । नेपाल सरकारले आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सर रोकथामका लागि किशोरी लक्षित एचपीभी खोप अभियान सञ्चालन गर्न लागेको छ ।
संस्थागत र सामुदायिक गरी ३ सय ७० विद्यालयमा कक्षा ६ देखि १० सम्मका किशोरीलाई उक्त खोप लगाउने तयारी रहेको छ ।
विश्वमा हरेक वर्ष ५ लाख ७० लाख महिलाहरुलाई पाठेघरको क्यान्सर हुने तथा उक्त संख्या सन् २०३० सम्ममा उक्त संख्या ७ लाख पुग्ने अनुमान गरिएको छ । तथ्यांक अनुसार तीमध्ये ३ लाख ११ हजार महिलाको मृत्यु हुने गरेको छ ।
सरकारले पाठेघरको मुखको क्यान्सरलाई प्राथमिक रुपमा रोकथाम गर्न उक्त एचपीभी खोप अभियानका रुपमा सञ्चालन गर्न लागेको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’