देशभरका १६ लाख किशोरीलाई खोप लगाइने, मनिषा कोइराला खोपदूत
२०८१ माघ १५ गते मंगलवार
- यसअन्र्तगत माघ २२ गतेबाट फागुन ६ गतेसम्म देशैभरका ६ देखि १० कक्षासम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई मन्त्रालयले देशैभर खोप लगाउँदैछ । यस योजनाको प्रधानमन्त्रीबाट शुरुवात गर्नेगरी तयार योजना मन्त्री पौडेलले स्वीकृत गरेका हुन् ।
काठमाडौं : देशैभरका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ तेस्रो साता सञ्चालन गर्न लागेको एचपीभी खोप अभियानको योजना स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वीकृत गरेका छन् ।
यसअन्र्तगत माघ २२ गतेबाट फागुन ६ गतेसम्म देशैभरका ६ देखि १० कक्षासम्मका छात्रा तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई मन्त्रालयले देशैभर खोप लगाउँदैछ । यस योजनाको प्रधानमन्त्रीबाट शुरुवात गर्नेगरी तयार योजना मन्त्री पौडेलले स्वीकृत गरेका हुन् ।
देशैभर व्यापक प्रचारप्रसार गरी किशोरीहरु नछुट्ने गरी कार्यक्रम अघि बढाउन मन्त्री पौडेलले उच्च अधिकारीहरुसमक्ष भनेका छन् । मन्त्रालयले क्यान्सरविजेता अभिनेत्री मनिषा कोइरालालाई खोपदूतका रुपमा अघि सार्ने भएको छ ।
क्यान्सर विजेता कोइराला एचपीभीसहितका खोप कार्यक्रमका लागि दूतका रुपमा रहने स्वास्थ्य सेवा विभागका महानिर्देशक विकास देवकोटाले बताए ।
मन्त्रालयले खोप अभियानबारे आवश्यक सचेतनामूलक जानकारीहरु विभिन्न माध्यमबाट प्रसार गरिरहेको छ । पहिलो निर्णयका रुपमा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेका मन्त्री पौडेलले यसअघि क्यान्सरको विशिष्टकृत उपचार सेवा सातै प्रदेशमा विस्तार गर्नुका अलावा बाल क्यान्सरको उपचार निःशुल्क गर्ने निर्णय कार्यान्वयनमा ल्याएका छन् ।
१६ लाख किशोरीहरुको खोप अभियानले महिलाहरुमा देखिने प्रमुख स्वास्थ्य समस्या पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि योगदान दिने विज्ञहरुले बताएका छन् ।
नेपालमा सन् २०२२ मा कृल मृत्यु भएका १४ हजार मध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको संख्या ७ हजार ७ सय ६८ रहेको ग्लोबल क्यान्सर अब्र्जभेटरीको तथ्यांकमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका २ हजार एक सय ६९ तथा स्तनसम्बन्धी दुई हजार दुई सय ५५ नयाँ बिरामी भेटिएका छन् ।
हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ । यसैगरी अब्र्जभेटरीका अनुसार विश्वभर प्रति एक लाख रोगीमा ७ जनाको ज्यान जाने गरेकामा नेपालमा झण्डै ९ जनाको यस्तो क्यान्सरबाट ज्यान जाने गरेको छ ।
तर समयमै परीक्षणबाट समस्या पहिचान भएमा रोग निको हुने विज्ञहरुले बताउने गरेका छन् । पाठेघरको क्यान्सरबाट हुने ठूलोस्तरको मृत्यु रोकेर स्वास्थ्य जोगाउन पहल गर्ने मन्त्री पौडेलले घोषणा गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।